सरकारले कम्लरीको बजेट कटौति गरेको भन्दै संसदमा चौधरीको आक्रोश

 

सांसद शान्ता चौधरी संसदमा बोल्दै

नेकपा एमालकी सचेतक शान्ता चौधरीले वर्तमान सरकारले कम्लरीहरुको बजेट कटौती गरेको भन्दै आक्रोश पोखेकीछन् ।

पुर्व कम्लरी समेत रहेकी चौधरी संसदमा बजेटमाथि भएको छलफलमा बोल्दै जमिन्दारको घरबाट मुक्त भइ अक्षर चिनिरहेका कम्लरी बहिनीहरुको शिक्षालाई बन्चित गर्ने उद्देश्यले अहिलेको सरकारले बजेट कटौति गरेको समेत आरोप लगाइन ।

विगतको सरकारले हरेक वर्ष कम्लरीहरुको लागि निशुल्क शिक्षा सहित विशेष कार्यक्रम प्रदान गर्दै आएको भएता पनि अहिलेको अर्थमन्त्री जनार्दन शर्माले सुनियोजित किसिमले कम्लरीहरुको बजेट कटौति गरको बताइन ।

‘हिजोसम्म सर्वहारा, श्रमजिवी बर्गको लागि हतियार उठाएर जनयुद्धमा होमिएका पार्टीको अर्थमन्त्रीले आज त्यहि सुमदायले पाइरहेको बजेट कटौति गरेको देख्दा आफुहरुलाई अपमान भएको महुशस भको छ, उनले भनिन्,–यो भन्दा दुखद कुरा के हुन सक्छ ।’

‘म सरकारको ध्यानाकर्षण गराउर्दै अर्थमन्त्री शर्मालाई अनुरोध गर्छु,, यथाशिघ्र कम्लरी बहिनीहरुको शिक्षा लागि बजेट छुत्याइयोस, उनले भनिन् ।’

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित