दंगीशरणमा केहि अवधिसम्म सभा सम्मेलन नगर्ने

दंगीशरण, २३ फाल्गुन । दंगीशरण गाउँपालिकाले कोरोना भाईरस संक्रमणबाट बच्नका लागि केहि अवधिसम्म अत्यावश्यक अवस्थामा बाहेक कुनै किसिमको मेला, भेला, सभा, सम्मेलन नगर्ने भएको छ । शुक्रवार गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरि पालिकाले दंगीशरण गाउँवासीलाई सचेत रहन अनुरोध गर्दै भेला भोजभतेर जस्ता कार्यमा सहभागि नहुन समेत आग्रह गरेको छ । साथै आफ्नो परिवार, समाजमा सरसफाईमा ध्यान दिन समेत आग्रह गरिएको छ । यसैगरि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम अगाडि बढाउँन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।


यसैबिच दंगीशरण गाउँपालिका शिक्षा शाखाले २०७६ को बार्षिक परीक्षा यहि चैत्र ५ गते भित्रमा सक्ने गरी निर्णय गरेको छ । दंगीशरण गाउँपालिका शिक्षा शाखा र गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरु बिच आज शुक्रबार बसेको छलफलले ५ गते सम्म सम्पन्न गर्ने निर्णय गरेको हो ।


कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा लाई समयमै संचालन गरेर बिद्यालय बन्द गरिने निर्णय गरेको शिक्षा शाखाका प्रमुख विनोद अधिकारीले जानकारी दिए । साथै छलफलले कक्षा ८ को परिक्षाको समय तालिका सार्वजनीक गरेको छ । समय तालिका अनुशार विधार्थीहरुले फाल्गुन २८ गते अंग्रेजी विषयको परिक्षा दिनेछन ।

यसैगरी २९ गते नेपाली, ३० गते गणित, चैत्र १ गते विज्ञान तथा वातावरण, २ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ३ गते पेशा व्यवसाय र प्रविधि शिक्षा, ४ गते स्वास्थ्य तथा शारीरीक शिक्षा र नैतीक शिक्षा, ५ गते ऐच्क्षिक/स्थानीय /कम्प्यूटर /गणित बिषयको परिक्षा दिनेछन् । विभीन्न देशहरु मा फैलीएको कोरोना भाईसरबाट सजक हुनका लागि बार्षिक परिक्षा पछि बिधालय बन्द गरीने शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित