जहाँ प्रतिस्पर्धा गर्दैछन्, पुर्व सहकर्मी शान्ता र मेटमणि

 

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जनाले प्रतिनीधि सभा सदस्यको लागि उम्मेदवारी दिएकाछन् ।

नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्य पदको लागि चुनावी मैदानमा होमिएका छन् । यदपी यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी नेकपा एमालेकी पोलिटव्यूरो सदस्य शान्ता चौधरी र बहालवाला शहरी मन्त्री तथा नेकपा एकिकृत समाजवादीका सचिव मेटमणि चौधरीविच रोचक प्रतिस्पर्धा हुदैछ ।

शान्ता र मेटमणि एमालेका पुर्व सहकर्मी हुन । एमालेमा शान्ता र मेटमणी दुवैजना केन्द्रीय सदस्य थिए । यी दुवैजनाले जिल्लामा पार्टीको संगठन देखि पार्टीको हरेक काममा सहकार्य गरेर काम गर्थे । २०७४ को निर्वाचन नेकपा माओवादी केन्द्रसंगको तालमेलमा मेटमणि चौधरी नेकपा एमालेको तर्फबाट प्रतिनीधि सभाको उम्मेदावर थिए । उनलाई जिताउनको लागि उहि शान्ता गाउँ गाउँ, वस्ति बस्तिमा पुगेर भोट मागिन । अन्तत मेटमणि लोकप्रिय मत ल्याएर निर्वाचित भए ।

तर अहिले भने अवस्था फेरिएको छ । त्यस बेला मेटमणिलाई जिताउनको लागि गाउँ गाउँ बस्ति बस्तिमा पुग्ने शान्ता अहिले भने उहि मेटमणिसंग युद्धमा भिड्नु परेको छ । भुमहिन र कम्लरी आन्दोलनबाट खारिएर राजनीतिमा उदायकी शान्ता नेकपा एमालकी लोकप्रिय र प्रभाबशाली नेतृको रुपमा परिचित छन ।

२०६४ र २०७४ मा नेकपा एमालेबाट समानुपातिक कोटाबाट दुइ पटक सांसद बनिसकेकी शान्ता आफु सहजै रुपमा चुनाव जित्ने दाबी गर्छिन् । आफु यस क्षेत्रको परिचित अनुहार, पार्टीको संगठन बलियो र स्थानीय तहका मत परिणामको आधारमा चुनाव जित्ने आंकलन गरिन । सत्तारुढ गठबन्धनमा खटपट र मेटमणि मन्त्री भएर पनि देउखुरी क्षेत्रको लागि केहि गर्न नसक्नु लगायत कारणले मतदाताले आफुलाई रोज्ने दाबी गरिन । सदाबहार अझेलमा रहेको देउखुरीलाई एमालेको सरकारले लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यमा ल्याएपछि यहाँका नागरिकहरु एमालेप्रति उत्साहित भएकोले आफु निर्वाचन जित्ने ढुक्क रहेको बताइन ।

यता बहालवाला शहरी विकास मन्त्री तथा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादी सचिव समेत रहेका मेटमणि चौधरी आफु लोकप्रिय मत सहित निर्वाचित हुने दाबी गरे । उनले आफुले मन्त्रीभएपछि यहाँका स्थानीय विकासमा सहयोग गरेको र गठबन्धनको साथ पाएकोले सहजै रुपमा चुनाव जित्ने बताए । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रको समर्थनमा नेपका एमालेको तर्फबाट उम्मेदवार बनेर ३४ हजार १८७ मत प्राप्त गरेर निर्वाचित भएकाथिए ।

तर, अहिले उनि एमालेबाट छुट्टिएर नेकपा एकिकृत समाजवादी बाट उम्मेदवार बनेकाछन् । एमालेबाट छुट्टिएपछि २०७४ को स्थानीय तहको निर्वाचनमा उनको पार्टीले पाएको मत हेर्ने हो भने १ हजार ४४९ हो । त्यसैले उनि भनेको जस्तो अहिलेको निर्वाचनमा सहज छैन । उनि गठबन्धनकै आशा गरेकाछन् । तर गठबन्धन घटक मुख्य दल नेपाली काँग्रेस उनि पति रुष्ट छ । सवै मत उनि पाउछन् भन्ने ग्यारेन्टी छैन । यसै दाङको दुइ ठूलो उपमहानगरपालिकामा एमालले एक्लै गठबन्धनलाई हराएकोथियो । यहाँ पनि यस्तै नहोला भन्न सकिन्न तर यसको पूर्ण फैसला मंसिर ४ कुर्नै पर्छ ।

यस्तो छ, अंकगणित हिसाव
२०७४ को स्थानीय तहको निर्वाचनको आधारमा मतपरिणाम हेर्ने हो भने नेकपा एमालेभन्दा सत्तारुढ गठबन्धन धेरै बलियो देखिन्छ । दाङ निर्वाचन क्षेत्र नं १ मा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराहीको १, २, ३ र ५ वडा पर्दछ । यी तहमा मत हेर्ने हो भने सत्तारुढ गठबन्ध तर्फका नेपाली काँग्रेसको २९ हजार ७५७, माओवादीको १९ हजार १६१ र समाजवादीको १ हजार ४४९ गरेर ५० हजार ३६७ रहेको छ भने एमालेको २७ हजार २५ मात्र रहेका छ । यो भनेको करिब करिब दोब्बर मतले अन्तर छ ।

तर, सत्तारुढ घटक नेपाली काँग्रेसको सबै मत मेटमणिलाइ हाल्छन् भन्ने छैन । किनकी यहि क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुरेन्द्र चौधरी उठेकाछन । उनि स्थानीयको हिसाबले बलिया उम्मेदवार पनि हुन । सुरेन्द्र नेपाली काँग्रेसको तर्फबाट टीकटको लागि दाबेदार गरेका योगेन्द्र चौधरीको सक्कै दाई हुन । त्यसैले काँग्रेसको भोट उतै जाने धेरैको विश्लेषण गरिएको छ । यसैपनि यो क्षेत्र थारु समुदायको बाहुल्य क्षेत्र भएकाले रेशमलाल चौधरीको सान्तवनाको लागि पनि यसपटक थारुको भोट उतै जाने अनुमान गरिएको छ ।

त्यसतै प्रतिनीधि सभामा नेपाली काँग्रेसले टीकट नपाएपछि धेरै नेता कार्यकर्ता रुष्ट भएको देखिन्छ । काँग्रेसका नेता कार्यकताले जसको भोट छैन उसैलाई प्रतिनीधि सभाको टीकट दिने भनेर सामाजिक संजालमा विरोध जनाइरहेकाछन् ।अर्काेतिर प्रतिनीधि सभामा काँग्रेसले टीकट नपाएपनि यस क्षेत्रको प्रदेश सभाको दुवै क्षेत्रमा काँग्रेसले दाबी गरेकोथियो तर एउटा मात्र पायो । समाजवादीका मेटमणी संगै प्रदेश सभा (क) मा माओवादी केन्द्रका इन्द्रजित थारु बनेकाछन् । उनि लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री हुन । पटक पटक इन्द्रजीतले मात्र अवसर पाउने भन्द्रै उनकै पार्टीमा समेत असुन्तष्ट आइरहेकाछन । प्रदेश सभा (ख) मा नेपाली काँग्रसबाट अनुराग खड्का उम्मेदवार छन् । खड्का स्वर्गिय खुमबहादुर खड्काका छोरा हुन ।

त्यसैगरी एमालेबाट शान्ता चौधरी संगै प्रदेश सभा (क) मा गंगाराम भट्टराइ उम्मेदवार छन् । उनि केहि महिना अगाडि मात्र जनमोर्चाबाट एमालेमा प्रवेश गरेकाथिए । त्यस्तै एमालेबाट प्रदेश सभा (ख)मा कुलबादुर केसी उम्मेदवार बनेकाछन् । उनि लमही नगरपालिकाका पुर्व मेयर हुन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित