मुक्त कमलरी विकास मंचको केन्द्रीय अधिवेशनको तयारी तिब्रता

घोराही, २ कार्तिक । मुक्त कमलरी विकास मंचको कार्तिक ६ गते हुन गइरहेको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनको तयारी तिव्र बनाएको छ । नयाँ नेतृत्व चयनका लागि प्रतिनीधि छनौट, अधिवेशनको प्रचारप्रसारलाई तिब्रता दिइएको हो । ३९ स्थानीय तह र पाँच जिल्ला शाखा रहेको मुक्त कमलरी विकास मंचको केन्द्रीय अधिवेशनको लागि १०४ जना जिल्ला प्रतिनीधि छनौट भइसेका छन् ।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेको ३९ स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको मुक्त कमलरी विकास मंचको कानुनी सल्लाहाकार अधिवक्ता फकला थारुले दंगीशरण खवर डटकमलाई जानकारी दिए । उनका अनुसार स्थानीय तहको अधिवेशन संगै बाँके, वर्दिया, कैलाली र कंचनपुर जिल्लाको जिल्ला स्तरिय अधिवेशन सम्पन्न भइसकेको छ भने दाङ जिल्लाको अधिवेशन यहि कात्तिक ५ गते हुने भएको छ ।


दाङको घोराही उपमहानगरपालिका, १७ चौघेरामा हुन गइरहेको केन्द्रीय अधिवेशनमा प्रतिनीधि र प्रवेक्षक गरि ३०० जनाको सहभागिता रहने छ । मंचको कानुनी सल्लाहाकार अधिवक्ता फकला थारुका अनुसार जिल्ला प्रतिनीधि १०४ र वाँकी प्रवेक्षक रहने छन् । स्मरण रहोस् दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरि ५ जिल्लामा १२ हजार भन्दा बढि मुक्त कमलरीहरु रहेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित