नेकपाकी सचेतक चौधरीद्धारा तीज पर्वको शुभकामना

काठकाण्डौ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आफ्नो सचविलायको फेसवुक मार्फत देश विदेशमा रहनुभएका सम्पूर्ण महिलादिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको सुभेच्छा सहित शुभकामना व्यक्त गरेकीहुन् ।

परम्परागतदेखि मान्दै आएको हिन्दुहरुका महान पर्व हरितालिका तीजले पारिवार, छिमेकी, टोल, समाजमा मिलन गराउने र सामाजिक सद्भाव बढाउने महत्वपूर्ण भूमिका खेल्दै आएको पर्व भएकोले अझ यसले हामी सवै नेपालीहरुविचमा सामाजिक सद्भावको कायम देशलाई एकताबद्ध बनाउनेमा सहयोग पुग्ने बताएकी छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ असरले हामी गत चैत महिनादेखि दैनिकी कठीन रुपमा गुजारीरहेका छौं । यो परिस्थितिलाई मध्यनजरगर्दै सवैले आ आफ्नै घरघरमै तीज मनाऔं र कोरोनालाई पराजित गर्दै देशको समृद्धिको लागि सवैले आ -आफनोतर्फबाट सहयोग गरौं भन्ने चौधरीले अपील गरेकीछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित