दाङको पुरानो थारु साँस्कृतिक संग्राहलय गुमनाम


घोराही, २७ मंसिर । घोराही बजारदेखि करिब २ किलो मिटर दक्षिण घोराही उपमहनगरपालिका १७, स्थित पनौरा गाउँको सय मिटर भित्र एउटा उत्तर दक्षिणको लामो घर छ । जहाँ थारु समुदायको पहिचान झल्काउने भनेर एक दशक अगाडि थारु साँस्कृतिक संग्रहालय स्थापान गरिएकोथियो ।

संग्राहलय स्थापना संगै संग्राहलय हेर्न आउनेहरुको चहलपहल पनि उत्तिकै थियो तर उक्त संग्राहलय अहिले बन्द छ । ५÷६ वर्ष यतादेखि संग्रालय बन्द भएपछि त्यसबेला चर्चामा रहेको संग्राहलय अहिले गुमनाम अवस्थामा रहेको छ । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले २०६६ मा स्थापना गरिएको संग्रहालयको संरक्षण गर्ने कोहि नभएपछि अलपत्र बनेको स्थानीयहरु बताउछन् ।

‘त्यसबेला संग्रहालय अवलोकन गर्नका लागि स्थानीय होस्, या जिल्लामा आउने जोकोहिले पनि संग्राहलय हेर्न टिकट काटेर पनि हेर्न आउथे स्थानीय तेजमान चौधरीले भने, तर ५/६ वर्ष यता संग्रहालय बन्द भएपछि संग्राहलय हेर्न आउनेहरु फर्केर जानेगर्दछन् ।’ लामो समयदेखि संग्राहलय खुल्न नसक्दा संग्राहलय भित्र रहेका विभिन्न सामग्रीमा ढुसि लागेर कुहिन थालेको चौधरीले बताए ।

संग्रहालय भित्र थारु समुदायको पहिचान भल्किने विभिन्न सामग्री राखिएको छ । थारु समुदायले परम्परागतमा प्रयोग गरिएका विभिन्न माटाका भाडाँकुडा, पुर्खाहरुले लगाएका मौलिक भेषभुषा, गरगहना, खेतिपातीमा प्रयोग गरिने छत्री, हलो, जुवा, कोदाली, माटाको डेहरी, कुठ्ली, भोक्टी, तरकारी चलाउने काठको डाडु, कर्छुल लगायत राखिएको छ ।

त्यसैगरि सुत्ने बला प्रयोग गरिने खटिया, बस्नको लागि प्रयोग गरिने खटौली, विभिन्न किसिमका बस्ने बेर्री, लुगा राख्नको लागि प्रयोग गरिने ढकिाय, ढक्या, अठ्री, ढच्या, गोन्द्री, पटकी विभिन्न थरिका माटाका देविदेवता समेत राखिएको छ ।

यसैगरि दाङदेखि बुह्रान (बाँके, बर्दिया, कैलाली, कंचनपुर, सुर्खेत) मा बसाइ सराइ हुनेबेलाका झल्को दिनेगरि काठ्को मुर्ति बनाएर बुइमा केटाकेटी, टाउकोमा भौकाभौकी र हातमा ढक्या पक्रेको महिलाको मुर्ति र पुरुषहरुले बहिंगाम विभिन्न सामान बोकेको चित्र बनाएर राखिएको छ ।

गुमनाम रहेको संग्राहलयको विकासको लागि थारु कल्याणकारिणी सभा दाङ अध्यक्ष भुवन चौधरीले लागि परेको बताए । संग्रालयको बृहत विकासको लागी गुरुयोजना बनाए स्थानीय तथा प्रदेश सरकारसंग समन्वय भइरहेको उनले बताए । तत्कालै स्थानीय सरकारसंग समन्वय गरेर भए पनि दाङको पुरानो साँस्कृतिक संग्रालय संचालनमा ल्याउने र यसको दिगोरुपमा विकासको लागि सवैले पायक पर्ने ठाउँको खोजि पनि गरिरहेको उनले जानकारी दिए ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित