ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण सम्पन्न

घोराही, १९ मंसिर । ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको हो ।

सामाजिक परिक्षण कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले पछाडी परेको समुदायका लागि ग्रामिण महिला उत्थान केन्द्रले उदाहरणिय काम गरेको कुरामा जोड दिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनमा मात्र नभई उनिहरुमा सशक्तिकरण ल्याउनमा पनि केन्द्रले ठूलो भूमिका खेलिरहेको उनले बताए । यसरी संघसस्था र सरकारी संस्थाको विचमा समन्वय गरेर गएमा आम नागरिकमा मात्र नभइ देशमा छिट्टै समृद्धि हासिल गर्न सकिने प्रमुख नेपालीले बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रमुख नेपालीले केन्द्रले ग्रामिण भेगका महिलाहरु लाई सक्षम, सवल र स्वरोजगार बनाउनमा ठूलो सहयोग पुर्‍याएको बताएकाथिए ।

ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्ला बार एशोसियसनका अध्यक्ष शिव प्रसाद घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशिराम चौधरी, ४ का अध्यक्ष भिम बहादुर सार्की, महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष हुमा डिसी, थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्तोष दहित, सामाजिक रुपान्तरणका लागि महिला मञ्चकी अध्यक्ष सुशिला आचार्य, स्थानिय सभा लक्ष्मिपुरका अध्यक्ष मुनाल घिमिरे लगायतले बोलेकाथिए ।

सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परिक्षक दुर्गालाल केसीले सामाजिक परिक्षण र सस्थाको परिचय तथा संस्थाले गरेको कामको बिषयमा केन्द्रकी पैरवी अधिकृत रजनी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सामाजिक परिक्षक एवं पत्रकार बसुन्धरा गौतमले गरेकी थिइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित