शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघ दाङले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार लघुवित्तका कर्मचारीहरुले आफुहरुमाथि जतिबेला पनि आक्रमण हुने सक्ने भएको बताउँदै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो । जिल्लामा रहेका २५ वटा लघुवित्त संस्थाहरुले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन ।

देशको प्रचलित कानून बमोजिम दर्ता भइ सरोकारवाला निकायबाट अनुमति प्राप्त गरेर संचालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध विगत केहि समय देखि केहि व्यक्ति तथा राजनीतिक समुह लघुवित्तीय विरुद्ध संघर्ष समिति नामक अवैधानिक खडा गरी सुनियोजत  तवरले लागेको भन्दै त्यस्ता गतिवधि रोकिनुपर्ने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरी कार्यक्रम अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचारप्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थामा ताल्चा लगाउने, लघुवित्त कर्मीहरुलाई धम्की दिने मनोवल  कमजोर गराउने, कर्मचारी माथी हातपात गर्ने, रकम लुटपाट गर्ने जस्ता गतिविधि गर्दै आएकोले उक्त कार्यको रोकथामको माग गर्दै लघुवित्त कर्मीहरुलाई सहज रुपमा काम गर्न बातावरण मिलाउन र शान्ति सुरक्षाको माग गरेका गरिएको छ ।

लघुवित्त बैंकर्स संघको तर्फबाट सौगतविर चौधरीले प्रमुख जिल्ला अधिकारी सुशील बैद्यलाई ज्ञापन पत्र बुझाएकाथिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बैद्यले आफु यो विषयमा सम्वेदनशिल रहेको बताउदै लघुवित्त बैंकर्सको मागलाई सम्बोधन गर्न आफ्नो तर्फबाट सदैब सहयोग रहने बताएकाथिए । उनले यो ज्ञापन पत्र सम्वन्धित निकायमा आजै पठाउने समेत प्रतिबद्धता व्यक्त गरेकाथिए ।  कानून विपरित क्रियाकलाप गर्ने जो कोहिलाई पनि कानूनी कठघरामा उभ्याउने बताउदै प्रमुख जिल्ला अधिकारी बैद्यले लघुवित्त बैंकर्सका कर्मचारीहरुलाई निर्धक्क भएर आफ्नो कार्यक्षेत्रमा लाग्न गर्न अनुरोध गरेकाथिए  ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित