सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं, २४ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।
१७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ ।

गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिइसकेको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने छ । लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन्  ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित