सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं, २४ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।
१७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ ।

गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिइसकेको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने छ । लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन्  ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित