घोटैली गोत्यार समाजको अध्यक्षमा फिरु घोटैली

घोटैली गोत्यार समाजको अध्यक्षमा फिरु घोटैली निर्वाचित भएकाछन् । शनिवार घोराहीमा सम्पन्न तेस्रो केन्द्रिय सम्मेलनले बर्दियाका फिरु केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै सम्मेलनले उपाध्यक्षमा राज बहादुर घोटैली (कञ्चनपुर), महासचिवमा प्रकाश घोटैली, (दाङ) सचिवमा वुद्धिराम घोटैली (कैलाली) कोषाध्यक्षमा बीना घोटैली (बाँके) लाई चयन गरेको छ।

यसैगरी सदस्यहरुमा दाङवाट मान बहादुर घोटैली, खुसीराम घोटैली, रमेश घोटैली, बुधनी घोटैली, सन्तोष घोटैली रहेकाछन् । त्यस्तै कैलालीवाट गुरु प्रसाद घोटैली, जीत वहादुर घोटैली, टिकाराम घोटैली, जगदिश घोटैली, बर्दियावाट अमिलाल घोटैली, पतिराम घोटैली, छोटेलाल घोटैली, मोहन घोटैली, बाँकेवाट मुकुन्द घोटैली, प्रमिला घोटैली, र वीर वहादुर घोटैली (कञ्चनपुर) रहेकाछन ।

समाजका अध्यक्ष फिरु घोटैलीको अध्यक्षता र थारु देशवन्ध्या गुर्वा तथा घोराही उपमहानगरपालिका २ का वडा अध्यक्ष चित्र वहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बहुआयामिक समाजमा बहुधर्म, बहुसंस्कृति, बहुभाषा भित्र पनि आ–आफ्ना मुल्य मान्यताहरु रहेकाले त्यसको संरक्षण र प्रवर्दन गर्नुपर्ने बताएका थिए ।

थारु भाषा, कला, संस्कृति, पहिचानहरु नयाँ पुस्तामा हस्तान्तरण र ग्रहण गर्ने समस्यालाई समाधानका लागि सबै गोत्यारहरु संगठित रुपमा सशक्तिकरण र जागरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वुद्धिजिवि डा. कन्हैलाल घोटैली, महेन्द्र वहुमुखि क्याम्पस दाङका सहायक प्रमुख केवि चौधरी, थारु पत्रकार संघका केन्द्रिय सल्लाहकार सन्तोष दहित, थारु अभियन्ता विकास घोटैली, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद प्रकाश घोटैली, घोटैली गोत्यारका केन्द्रिय सल्लाहरकार पल्टुराम घोटैली, समाजका पुर्व सचिव वुद्धिराम चौधरी, लगायतले सम्मेलन सफल्ताको शुभकामना दिएका थिए ।

समाजका दाङ जिल्ला अध्यक्ष लाल वहादुर घोटैलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण दुर्गा नारायण चौधरीले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित