एमालेबाट घोराहीको मेयरमा चौधरी र उपमेयरमा डिसीको उम्मेदवारी

नेकपा एमालेबाट घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता दर्ता गराएका छन् । पार्टी कार्यालय भरतपुरबाट बाजागाजासहित घोराहीको मुख्य मुख्य शहरमा परिक्रमगर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा चौधरी र उपमेयरमा डिसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

चौधरी पुन मेयरमा टिकट पाएपछि आइतबार बेलुका बहाल मेयरबाट राजिनामा दिएकाथिए । उनि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङका इन्चार्ज समेत हुन । २०७४ को स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका भुपवहादुर डाँगीलाई पराजित गर्दै २२ हजार ३० मत ल्याएर निर्वाचि भएकाथिए । यस्तै उपमयेर डिसी अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष तथा प्रदेश कमिटीकी सदस्य हुन् ।

मनोनय दर्तापछि मेयरमा उम्मेदवार दिएका चौधरीले यस अघि आफु मेयर हुदा घोराही उपमहानगरलाई समृद्धिको आधार तयार पारेको बताए । घोराहीको फोहोरलाई मोहरमा बदलेसंगै भौतिक पुर्वाधारका विकास देखि शिक्षा, स्वास्थ्य, कृषि र सिचाइको लागि आफुले उल्लेखिनिय काम गरेकोले चौधरीले यसपटक पुनः आफु जित्ने विश्वास गरे । अब घोराहीलाई स्र्माट सिटी नगरका रुपमा विकास गर्ने आफ्नो मुख्य योजना रहेको चौधरीले बताए । चौधरीको मनोनयनमा नेकपा एमालेकी पोलिट व्यूरो सदस्य शान्ता चौधरी सहित हजारौं नेता कार्यकता उपस्थित थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित