एमाले दाङको प्रतिनिधि छनौट शनिवार, प्रतिनिधि छनौटको लागि ४६ मतदान केन्द्र

नेकपा एमाले दाङको पुस २३ को ‘नेतृत्व छान्ने’ जिल्ला अधिवेशनको लागि सनिवार प्रतिनिधि छनौटको काम हुदैछ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम हुने भएको छ । दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताए । त्यसैगरेर दलित संगठित सदस्यका हकमा जिल्लामा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् । एमालेले सवै वडाहरुमा अधिवेशन प्रतिनिधि छनौट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत समेत खटाएको छ । ‘प्रतिनिधी छनौट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाउने काम भएको छ’ एमाले दाङका सचिव बुढाथोकीले भने ‘ पार्टीको निर्देशन र मापदण्ड अनरुप प्रतिनिधि छनौटको काम हुनेछ ।’ एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनौटको मापदण्डमा महिलाको हकमा १२ वरावर १ जना, दलितको हकमा १० वरावर १ को व्यवस्था गरेको छ । त्यसैगरेर अन्यको हकमा २० वरावर १ जना, पेशागत महासंघ नेपालवाट १० जना, नेपाल ट्रेड पूनियन महासंघवाट ३, अनेरास्ववियूवाट ३जना राष्ट्रीय युवासंधवाट ३ , अनेमसंघवाट ३ जना , अखिल नेपाल किसान महासंघवाट ३ आदिवासी जनजाती महसंघ नेपालवाट ३ , नेपाल भूमीहिन सुकुम्वासी संगठनवाट ३ जनाको व्यवस्था गरेको छ । त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजवाट ३ जना, प्रेश चौतारी नेपालवाट ३, लोकतान्त्रिक थारु संघवाट ३ जना, नेपाल राष्ट्रीय उद्योग व्यवसाय महासंघवाट ३ जना, नेपाल राष्ट्रीय भुतपूर्व सैनिक तथा प्रहरी संगठनवाट ३ जना । राष्ट्रीय जनसाँस्कृतिक महासंघवाट ३ जना, नेपाल खेलकुद महासंघवाट ३ जना, नेपाल वुद्धिजिवी परिषदवाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनवाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनवाट ३ जना, मानव अधिकार एलाईन्सवाट ३ जना, राष्ट्रीय स्वास्थ्यकर्मी संघवाट ३ जना र मधेसी, मुस्लिम संगठित सदश्यवाट सवै प्रतिनिधी रहने व्यवस्था छ ।

एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ । अधिवेशन सपन्न गर्न एमाले दाङले विभिन्न उपसमिति समेत गठन गरेर काम थालेको छ । एमाले दाङका अनुसार अधिवेशनको लागि राजनीतिक प्रतिवेदन तयारी उपसमिती, साङ्गठनिक प्रतिवेदन तयारी उपसमिति,आर्थिक व्यवस्थापन उपसमिती ,प्रतिनिधि व्यवस्थापन उपसमिती, स्वयं सेवक तथा मञ्च व्यवस्थापन, अतिथी सत्कार तथा आवाश व्यवस्थापन, साँस्कृतिक र प्रचार प्रशार उपसमिती निर्माण भएका छन् ।

अधिवेशनको लागि गठन भएका उपसमितिका बैठक दैनिक बस्ने गरेका छन् । ‘अधिवेशन सम्पन्न गर्न धेरै उपसमिति गठन गरेर जिम्मेवारी दिएका छौ’ एमाले दाङका सचिव बुढाथोकीले भने ‘ त्यो अनुसार उपसमितिले काम सम्पन्न गर्दै छन् ।’ शुक्रवार पनि आर्थिक व्यवस्थापन उपसमितिको बैठक सम्पन्न भएको छ । आर्थिक व्यवस्थापन उपसमितिका संयोजक.खिम बहादुर डाँगीको अध्यक्षता एवम पार्टी अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्य र पार्टी सचिव मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा बैठकले अधिवेशनको लागि श्रोतको खोजी कार्यलाई प्रभावकारी रुपमा लैजाने निर्णय गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित