दर्शनार्थी बोकेको जीप दुर्घटना हुदाँ तीन जना

ओखलढुङ्गा, २९ कार्तिक । ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिरका लागि दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले छ । घटनाको थप विवरण आउन बाँकी छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित