दर्शनार्थी बोकेको जीप दुर्घटना हुदाँ तीन जना

ओखलढुङ्गा, २९ कार्तिक । ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिरका लागि दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले छ । घटनाको थप विवरण आउन बाँकी छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित