दाङमा थप एकजनामा कोरोना संक्रमण, संक्रमित पुरुष दिल्लीबाट आएकाथिए

घोराही, ८ जेठ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिए । उनका अनुसार विहिबार पीसीआर जाँच गर्दा उनिमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ब्यक्तिलाई उपचारकालागि अहिले कोरोना विशेष अस्पताल बेलझुण्डी लैजाने तयारी भइरहेको छ ।

जेठ ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुँदै दाङ आएका उनिलाई घोराही उपमहानगरपालिकाले स्थापना गरेको कुहिरेपानी क्वारेन्टाइनमा राखिएको थियो । उनिसहित १७ जनाको स्वाब परिक्षण गर्दा अन्य १६ जनाको भने रिपोर्ट नेगेटिभ आएको घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन शाखाका कोभिड–१९ फोकल पर्सन विकेश रेग्मीले जानकारी दिए । ।

यो संगै दाङमा संक्रमितको संख्या तीन पुगेको छ । यस अघि गढवा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियाे ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित