सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम सम्पन्न

द्न्दपीडित जिल्ला संजाल दाङको सहकार्यमा तथा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टि.पी.ओ.) नेपालको सहयोगमा सामुहिक मनोसामाजिक सहयोग कार्यक्रम वुधबार सम्पन्न भएको छ ।

द्न्दपीडित परिवारको लागि आयोजना गरिएको सामुहिक मनोसामाजिक कार्यक्रममा समुहमा बसेर मनोसामाजिक समस्या कम गर्न र समस्याबाट मुक्त हुने विषयबस्तुमा छलफल भएको भएको टिपोओ नेपालका सहकर्ता कर्णराज रिमालले बताए ।

त्यसैगरी आत्मविश्वास बलियो बनाउनमा सहयोग पुर्याउने, द्धन्दपीडितहरुविच एक अर्कामा सहयोग साँटासाट गर्ने र समुहमा प्रगाढ सम्वन्ध बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताए । त्यस्तै आफ्नो हेरचाह कसरी गर्न सकिन्छ, मनोसामाजिक सहयोग कहाँ र कसरी पाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

सातदिनसम्म भएको सामुहिक मनोसामजिक कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ३, ६ र १७ का १२ जना द्न्दपीडितहरुको सहभागिता रहेकोथियो ।

मनोसामाजिक सहयोग कार्यक्रम समापन कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका संस्थापक सचिव सन्तोष दहित, द्धन्दपीडित संजालका संयोजक प्रकाश चौधरी, टिपिओ नेपालका तालिम सहजकर्ता कर्णराज रिमाल, कार्यक्रमा सहभागीको तर्फबाट चन्द्रप्रकाश चौधरी, रामप्रसाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रम प्राविक पक्वै विद्यालय व्यवस्थान समितिका अध्यक्ष रेमन्त पुन चौधरीको अध्यक्षतामा भएको थियो ।

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित