थाकस दाङद्धारा प्रदेश लोक सेवा आयोगका अध्यक्ष भट्टराईलाई सम्मान

घोराही, ११ असोज । प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईलाई घोराहीमा भब्य स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार घोराहीमा थारु कल्याणकारिणी सभा दाङले एक कार्यक्रम आयोजना गरेर प्रदेश नं ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा.भट्टराईलाई स्वागत तथा सम्मान गरेको हो ।


सभाका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा थारु अगुवाहरुले संविधान मर्म, भावना अनुरुप र समानुपातिक समावेशी सिद्धान्तका आधारमा अगाडि बढ्न सुझाव दिएकाथिए । कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्रा.भट्टराईले आफु संविधानको मर्म अनुसार चल्ने बताएकाथिए ।

कार्यक्रममा थारु लोकतान्त्रि संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपिराम चौधरी, लौव अग्रासन साप्ताहिका प्रधान सम्पादक केवि चौधरी लगायत थारु अगुवाहरुले बधाई तथा शुभकामना व्यक्त गरेकाथिए । कार्यक्रमको सहजीकरण सभाका सचिव प्रकाश चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित