दंगीशरणका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण

दंगीशरण, २९ मंसिर । दंगीशरण वडा न. ३ हेकुलीकी असर्फी थरुनी जाडोमा कम्मल पाउँदा खुसी लागेको बताईन् । उनले थारु भाषामा भनिन्,-‘जारक महिनम डन्डुर डन्डुर कम्रा डेलकम् दंगीशरणके भागिराम भैह्यासे बहुट खुशि बाटु ।’ ‘जारले निड नै पर आब त निड परि काँहु, उनले भनिन् ।’ यसैगरि हिरा कुमारी योगी लट्ठी टेक्दै कम्मल लिन आईपुगिन । मंसीरको जाडोमा कम्बल पाउँदा बुद्धबृद्धाहरु खुसी देखिन्थे । वडा न. ३ मा आज बुद्धबुद्धाहरु कोहि लट्ठी टेकेर त कोहि आफन्तको सहयोगमा कम्बल वितरण कार्यक्रममा आईपुगेका थिए ।


दंंगीशरण गाउँपालिका वडा न. ३ का जेष्ठ नागरीकलाई आइतबार कम्बल वितरण गरिएको हो । जाडो समयमा जेष्ठ नागरिकका लागि कम्मल वितरण कार्यक्रम अन्र्तगत वडाका २९ जना जेष्ठ नागरिकलाई कम्मल वितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा अध्यक्ष पुर्ण बहादुर चौधरीले जेष्ठ नागरीकलाई कम्बल प्रदान गरेका हुन् । सोहि अवसरमा अध्यक्ष चौधरीले बृद्धबृद्धाहरुको समस्या र माग अनुशार सरकारले गरेको यो कार्य उपलब्धिमुलक रहेको बताए । हिजो जेष्ठ नागरीकलाई लाउँन खान समस्या थियो आज सरकारले बृद्ध भत्ता देखि लीएर न्योनो कपडा वितरण कार्यक्रम ल्यायो यसले गर्दा जिवन बाच्ँन धेरै सहज भएको बताए । वडा सदस्य दिल कुमारी वि.क. को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य सुकलाल चौधरीले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित