निरन्तर भदौको झरीले किसानालाई राहत मिलेको छ । माना रोपेर मुरी फलाउने किसानहरुले बर्षातको झरीले यसपटक धान खेती राम्रो भएपछि किसानहरु खुशी छन् ।
‘गत बर्षभन्दा यस बर्ष बर्षात राम्रो भएकोले धान खेती सोचेको भन्दा राम्रो हुने आशा गरका छौं,-दंगीशरण गाउँपालिका वडा नं. ३ का किसान मोहन चौधरी भने, यस बर्ष धान रोपेपछि खडेरी लागेको छैन, निरन्तर बर्षा भइरहेछ त, त्यसैले धान राम्रो उत्पादन हुने आशामा छु ।’
यस्तै सोही ठाउँका किसान भीम बहादुर चौधरी पनि गत बर्ष भन्दा यस बर्षको धान उत्पादनमा बृद्धि हुने बताए । ‘गत बर्ष खडेरीको कारण धान राम्रो उत्पादन हुन सकेन, उनले भने, यस बर्ष धान रोपेपछि सिचाइको अभाव छैन र निरन्तर झरी परिरहेकोले धान उत्पादनमा बृद्धि हुनेमा म ढुक्क छु ।’
यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी अनुप तीवारीले यस बर्ष लुम्बिनीमा धान उत्पादनमा वृद्धि हुने बताए । गतबर्ष भन्दा १५ प्रतिसतले धान उत्पादनमा बृद्धि हुन सक्ने उनले आंकलन गरे । समयमा धान रोपाई, बर्षाको निरन्तर झरी र गत बर्ष भन्दा ४ प्रशित बढि क्षेत्रफलमा धान खेती भएकाले लुम्बिनीमा यस बर्ष धान उत्पादनमाबृद्धि हुने बताए । यस्तै उनले गत बर्षभन्दा यस बर्ष पनि धान खेती धेरै भएको उनले बताए ।
उनका अनुसार गतबर्ष लुम्बिनी प्रदेशमा ९४.४ प्रतिशत अर्थात २ लाख ९९ हजार ३४८ हेक्टरमा धान रोपाइ भएकोथियो भने यस वर्ष ९८.३ प्रतिशत अर्थात ३ लाख ६ हजार ३७६ हेक्टर जग्गामा धान रोपाई भएको छ ।