सरकार र विप्लव समूहबीच वार्ता सकारात्मक

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ ।

बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानकारी दिए । ‘पहिलो चरणको वार्तामा सबै विषयमा एकसरो छलफल भएको थियो, उनले भने, -वार्ता सकारात्मक उन्मुख रहेको छ ।’

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित