दाङमा राखियो एमाले लेखिएको बोर्ड (फोटो फिचर सहित)


नेकपा एमाले दाङले सोमवार बेलुका जिल्ला पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको छ । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिए पछि नेकपाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बोर्ड राखेको हो

सर्वोच्च अदालतले नेकपा पार्टी केपी प्रचण्डको नभई ॠषि कट्टेल हो भनि फैसला गरेपछि केपी समुहको अध्यक्ष भएका हुकुम बस्नेतको नेतृत्वमा गएको टोलीले एमालेको बोर्ड राखेको हो । बोर्ड संगै उक्त टोलीले खुशीयालीमा दीपावली समेत गरेकोथियो ।

आफुहरुले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै त्यसको कार्यान्वयनको लागि एमाले लेखिएको बोर्ड राखेको हौं, अध्यक्ष बस्नेतले भने । यो कार्यालय पहिला पनि एमालेको थियो नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भएपछि नेकपा पार्टीको रुपमा कार्यालय भएपनि अबदेखि एमालेको कार्यालय भएको उनले बताए । पार्टीको बोर्ड राख्ने कार्यक्रममा प्रदेश सदस्यद्धय बलिभद्र राना, नारायण भुसाल, पार्टीको सचिव मनोहर वुढाथोकी, सचिवालय सदस्य विवेक श्रेष्ठ लगायतको सहभागिता रहेकोथियो । (फोटो फिचर हेर्नुहोस्)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित