अनेरास्ववियुद्धारा महेन्द्र बहुमुखी क्याम्पस दाङमा हेल्प डेस्क स्थापना

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि दाङले क्याम्पसको प्राङनमा हेल्प डेस्क स्थापना गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर हेल्प डेस्क स्थापना गरेको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समस्याको समाधान गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य संगीत अधिकारीले क्याम्पसमा स्थापना भएको हेल्प डेस्कले विद्यार्थीका समस्या समाधान गर्नमा सहयोग पुग्ने पुग्ने बताए । क्याम्पसका कर्मचारीको ढिलासुस्तिको कारण विद्यार्थीमा पर्न गएको असरलाई मध्यनजर गरेर अनेरास्ववियुले हेल्प डेस्क स्थापना गर्नुपरेको उनले बताएका थिए ।

अनेरास्ववियु लमही नगरका इन्चार्ज समेत रहेका अधिकारीले हेल्प डेस्क मार्फत विद्यार्थीहरुको परिक्षा फारम भर्नमा सहयोग पुर्‍याउने र नयाँ विद्यार्थीको भर्नामा आएका समस्यमा सहजिकरण गर्ने बताए । त्यसैगरि विषयगत शिक्षकहरुसंग कोर्डिनेशन गराउने र विभिन्न संकायको विषयमा हेल्प डेस्क मार्फत जानकारी गराउने उनले जनाए । यस रचात्मक कार्यले आगामी दिनमा क्याम्पसको बृत्तर विकासमा सहयोग पुग्ने र अझ क्याम्पसलाई प्राज्ञिक थलोको रुपमा सहयोग पुग्ने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि अध्यक्ष विशाल पुनको अध्यक्षतामा तथा अनेरास्ववियुका जिल्ला कार्यलय सदस्य तथा अनेरास्ववियु लमही नगर इन्चार्ज संगीत अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोथियो ।

यसैविच अनेरास्ववियुले बुधवार नवनियुक्त क्याम्पस प्रमुख भरतराज न्यौपानेलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेल क्याम्पसको वृहत्तर विकासको लागि सवै पक्षसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताएकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित