अनेरास्ववियुद्धारा महेन्द्र बहुमुखी क्याम्पस दाङमा हेल्प डेस्क स्थापना

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि दाङले क्याम्पसको प्राङनमा हेल्प डेस्क स्थापना गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर हेल्प डेस्क स्थापना गरेको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समस्याको समाधान गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका जिल्ला कार्यालय सदस्य संगीत अधिकारीले क्याम्पसमा स्थापना भएको हेल्प डेस्कले विद्यार्थीका समस्या समाधान गर्नमा सहयोग पुग्ने पुग्ने बताए । क्याम्पसका कर्मचारीको ढिलासुस्तिको कारण विद्यार्थीमा पर्न गएको असरलाई मध्यनजर गरेर अनेरास्ववियुले हेल्प डेस्क स्थापना गर्नुपरेको उनले बताएका थिए ।

अनेरास्ववियु लमही नगरका इन्चार्ज समेत रहेका अधिकारीले हेल्प डेस्क मार्फत विद्यार्थीहरुको परिक्षा फारम भर्नमा सहयोग पुर्‍याउने र नयाँ विद्यार्थीको भर्नामा आएका समस्यमा सहजिकरण गर्ने बताए । त्यसैगरि विषयगत शिक्षकहरुसंग कोर्डिनेशन गराउने र विभिन्न संकायको विषयमा हेल्प डेस्क मार्फत जानकारी गराउने उनले जनाए । यस रचात्मक कार्यले आगामी दिनमा क्याम्पसको बृत्तर विकासमा सहयोग पुग्ने र अझ क्याम्पसलाई प्राज्ञिक थलोको रुपमा सहयोग पुग्ने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटि अध्यक्ष विशाल पुनको अध्यक्षतामा तथा अनेरास्ववियुका जिल्ला कार्यलय सदस्य तथा अनेरास्ववियु लमही नगर इन्चार्ज संगीत अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकोथियो ।

यसैविच अनेरास्ववियुले बुधवार नवनियुक्त क्याम्पस प्रमुख भरतराज न्यौपानेलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नवनियुक्त क्याम्पस प्रमुख न्यौपानेल क्याम्पसको वृहत्तर विकासको लागि सवै पक्षसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित