दाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

घोराही, २ जेठ । दाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गढवा गाउँपालिकाका दुई पुरुष र तुलसीपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गढवा गाउँपालिका वडा नं. ४ र ५ निवासी २३, ३६ बर्षिया पुरुष र तुलसीपुर ७ निवासी ३४ बर्षिया पुरुष रहेका छन् ।

यसैगरि पर्सामा थप ४ जना संक्रमित थपिएकाछन् । मन्त्रालयका अनुसार विरगंज निवासी ९ र १० वर्षिया बालक, २३ र ४७ वर्षिया महिला रहेकाछन् । तयसैगरि उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षिया पुरुष र काठमाण्डौ सतुंगल निवासी ७ बर्षिया बालक रहेकाछन् । यी संगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित