कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

कपिलबस्तु, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।
उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् भने एक जना पुरुषको भने उमेर खुलेको छैन । उनका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ । संक्रमित १२० मध्ये ३३ जना निको भएर घर र्फिर्कसकेकाछने ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित