कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

कपिलबस्तु, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।
उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् भने एक जना पुरुषको भने उमेर खुलेको छैन । उनका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ । संक्रमित १२० मध्ये ३३ जना निको भएर घर र्फिर्कसकेकाछने ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित