घोराहीको मेयरमा एमालेबाट चौधरी र न्यौपानेको नाम सिफारिस, गठबन्धबाट डाँगी र गौतमको चर्चा

घोराही, १ बैशाख । दाङको दुइ उमहानगरपालिका मध्ये घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट २ जनाको नाम सिफारिस गरेको छ ।

एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीका अनुसार घोराही उपमहानगरपालिकाका मेयरमा एमाले पोलिट व्यूरो सदस्य समेत रहेका हाल घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र हालकै उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको छ । मेयरमा सिफारिस गरिएका चौधरी दाङ इन्चार्ज समेत हुन भने न्यौपाने केन्द्रीय सदस्य तथा दाङका सहइन्चार्ज हुन् । चौधरीले आफ्नो कार्यकालमा राम्रो काम गरेकोले जनस्तरबाट पुनः मेयरमा दोहोरिनुपर्ने बताउदै आएपछि उनि पुनःमेयर पदमा आकांक्षी छन् । त्यसैगरि उपप्रमुख सीता सिग्देल न्यौपानेले एक कार्यकाल उपमेयरमा काम गरिसकेकोले अब मेयर आफ्नो दाबी रहेको उनले बताइन् ।

यसैगरि घोराहीको उपमेयर पदमा दुई जनाको नाम सिफारिस गरिएको छ । नेकपा एमाले घोराही नगरकमिटिका अनुसार उपमेयरमा हिरा पुन र हुमा डिसीको नाम सिफारिस गरिएको छ । पुन पुन नेकपा एमाले दाङको जिल्ला उपसचिव हुन् भने डिसी नेकपा एमाले लुम्विनी प्रदेश कमिटिको सदस्य तथा अखिल महिला संघ दाङ अध्यक्ष हुन ।

यसैगरि घोराही उपमहनगरपालिका मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका भुपवहादुर डाँगी र नेकपा माओवादी केन्द्रका जिवन गौतमको नाम चर्चामा रहेको छ । गत स्थानीय तहको चुनावमा नेपाली काँग्रेस दोस्रो भएकोले आफ्नो पार्टी मेयर पाउनुपर्ने दाबी गर्दै आएको छ । डाँगी मेयरको लागि नेपाली काँग्रेसबाट सर्वसम्मत भइसकेका छन् । मेयरमा सर्वसम्मत भएपछि डाँगीले आफु गठबन्धनबाट पनि सर्वसम्मत हुने दाबी गरेकाछन् । ‘हाम्रो पार्टीबाट म मेयरमा सर्वसम्मत भइसेको छु, डाँगीले भने,–अब माओवादीलाई उपमेयर दिएर गठबन्धन मिलाउने तयारी मा छौं ।’ डाँगी २०७४ को स्थानीय तहको निर्वाचनमा दोस्रो भएकाथिए ।

यता गठबन्धनबाट घोराही मेयरमा नेकपा माओवादी केन्द्रले पाउनुपर्ने माओवादीहरुले दाबी गर्दै आएकाछन् । नेकपा माओवादी केन्द्रले घोराही मेयरको लागी जीवन गौतमको नाम अगाडि सारेको छ । केन्द्रका दाङका इन्चार्ज समेत रहेका गौतम गत स्थानीय तहको निर्वाचनमा तेस्रो भएका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित