गैरथारुले मागे घोराही उपमहानगरपालिकासंग थारु भाषामा सूचना


घोराही, ५ भदौं । घोराही उपमहानगरपालिकासंग एकजना गैरथारुले थारु भाषामा सूचना माग गरेकाछन् । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका विपुल पोख्रेलले थारु भाषामा सूचना माग गरेका हुन् । गतबर्ष देखि घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजि भाषाको रुपमा बनाएपनि प्रभावकारी हुन नसकिरहेको अवस्थामा पोख्रेलले थारु भाषामा निवेदन दिएर सूचना माग गरेका हुन ।

उनले थारु भाषामा उपमहानगरपालिकाभित्र निर्माण भएका कृत्रिम तालहरुको विवरण, तालको संख्या, अवस्था र लागतका बारेमा सूचना माग गरेकाथिए । उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का वडाध्यक्ष भरत अर्याल, वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेय, थारु अगुवा लक्ष्मिान चौधरी लगायको उपस्थितिमा पोख्रेलले उपमहागरपालिकाका सूचना अधिकृत भिमवहादुर चौधरीलाई निवेदन दिएकाथिए । निवेदन वुझ्दै अधिकृत चौधरीले थारु भाषालाई सरकारी कामकाजीको रुपमा कार्यान्वयनका लागि गैरथारुले दिएको निवेदनको कामको प्रशंसा गर्दै आफुले पनि थारु भाषामै सूचना उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाथिए । थारु समुदायले थारु भाषामा निवेदन दिइरहेपनि गैरथारुले पहिलो पटक दिएको बताउदै चौधरीले अब यसलाई प्रभाकारी बनाउनका लागि सवैको सहयोग आवस्यक रहेको बताएकाथिए ।


गोरक्ष दैनिक पत्रिकाका सम्पादक समेत रहेका निवेदककर्ता पोख्रलले भने, ‘पहिला देखि नै थारु समुदायका साथीभाईरुसंग घुलमिल गर्दै आएको र आफ्नो पनि थारु भाषाप्रति बढि लगाब भएकोले पनि उपमहारपालिकाको निर्णयलाई स्वागत गर्दै थारु भाषामा निवेदन दिएर सूचना मागेको हुँ ।’ ‘थारु समुदायले त थारु भाषामा निवेदन दिने नै भए, म गैरथारुले पनि थारु भाषामा निवेदन दिएपछि अझ प्रभावकारी हुने आफुलाई लागेर मैले थारु भाषाबाट सूचना माग गरेको छुँ, उनले भने,–‘आफुले थारु भाषामा निवेदन दिएसंगेै आफुले मागेको सूचना पनि थारु भाषामा नै उपलब्ध गराउन अनुरोध गरेको छु ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित