दंगीशरणद्धारा सहिद परिवारलाई सम्मान

दिप्तीशिखा चौधरी

दंगीशरण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । दंगीशरण गाउँपालिका वडा न. ५ ले शुक्रबार सहिद अभिनन्दन कार्यक्रमको आयोजना गरेर सहिद परिवारलाई सम्मान गरेको हो ।

द्धन्द्को क्रममा ज्यान गुमाएका वडाका ६ जना सहिद परिवारलाई गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दोसल्ला र प्रमाणपत्रले सम्मान तथा अभिनन्दन गरेकाथिए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले ज्यान गुमाएका सहिदको सम्झनामा परिवारलाई सम्झनु वडाको यो आफैमा राम्रो काम भएको बताएकाथिए । सहिद अभिनन्दन कार्यक्रमले परिवारमा केहि हदसम्म मलम लगाएको महशुस हुने भन्दै यो कार्यक्रमले सहिदहरु प्रति सम्मान ब्यक्त गरेको अध्यक्ष चौधरीले बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दंगीशरण गाउँ कमिटी अध्यक्ष मनिराम चौधरी लगायतले बोलेका थिए । सम्मानित तथा अभिनन्दन हुनेमा देबराज चौधरी, कर्कुले चौधरी, भरत चौधरी, किसान चौधरी र दिपज्यौति थापा रहेको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडा सचिप प्रेम प्रकाश चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित