दंगीशरणको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ

दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधीबाट कोरोना परिक्षण गरीएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले जानकारी दिए ।

उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर फर्काइएको छ ।
यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा बुधबार दुई जनालाई राखीएको छ । दंगीशरण ६ थपगाउँ की २६ बर्षीय एक महिला र ३२ बर्षका एक पुरुषलाई क्वारेन्टाईनमा राखीएको हो । उनीहरु राप्ती सोनारी गाउँपालिका बाट आएको थाहा पाएपछि क्वारेन्टाईनमा राखीएको हो ।

यसैबिच अहिले गाउँपालिकाको बिरेन्द्र मा.वी. हेकुलीमा रहेको क्वारेन्टाईनमा २ बेड थप गरिएको छ । कुनै पनि समयमा गाउँपालिकामा जिल्ला बाहिरबाट आउँने संख्या बढ्न सक्ने भन्दै दुई वटा बेड थप गरि २५ बेडको क्वारेन्टाईन बनाईएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित