दाङमा ८ जनाले जिते कोरोना

दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट ८ जना डिस्चार्ज भएकाछन् ।

अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार उनिहरुलाई विहिबार डिस्चार्ज गरिएको हो । यसरी कोरोनालाई जितेर डिस्चार्ज हुनेमा घोराहीका ४ जना र लमहीका ४ जना रहेकाछन् । अहिले उनिहरु घर फर्केर आराम गरिरहेको उनले जानकारी दिए ।

यो संगै दाङको बेलझुण्डी अस्पतालबाट कोरोना जितेर अहिलेसम्म ४० जना घर र्फिर्कसेको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए । उनका अनुसार अहिले कोरोना विशेष बेलझुण्डीमा ३० जना संक्रमितको उपचाररत रहेकाछन्, भने सवैको अवस्था सामान्य रहेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित