सन्तोषजनक बन्दै दंगीशरणको शिक्षा


दिप्तीशिखा चौधरी

दंगीशरण, २७ भदौ । पछिल्लो समयमा दंगीशरण गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षामा सुधारीदै गएको पाइएको छ । खस्किदै गएको शिक्षले विद्यालयमा बिद्यार्थीको संख्या घट्नुको साथै बिद्यालयहरु धरापमा पर्ने स्थितिको सिर्जना भएको सबैले आंकलन गरेका थिए । यसलाई मध्यलजरगर्दै दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले विद्यार्थी भर्ना अभियान संगै बिद्यालयको भौतिक अवस्था र शैक्षिक अवस्थालाई परिमार्जन गर्ने कार्यलाई अगाडि बढाएकोथियो । यसलेगर्दा छोटो समयमा सामुदायिक बिद्यालयको अवस्था अहिले सन्तोषजनक रुपमा पुगेको पाईएको छ । बिद्यार्थीको संख्यामा बृद्धि हुनुका साथै शिक्षण सिकाई क्रियाकलाप पनि प्रभावकारी हुँदै गएको स्थानिय अभिभावकहरुले बताउने गरेकाछन् ।


दुई बिद्यालय र एक शिक्षक उत्कृष्ट
एस.ई.ई. २०७५ मा उत्कृष्ट नतिजा ल्याएको भन्दै भानु मा.वि. परसडुवा उत्कृष्ट बिद्यालयको रुपमा सम्मानित भएको छ । यस्तै बिद्यालयको शैक्षिक तथा भौतिक ब्यवस्थापन राम्रो भएको भन्दै विरेन्द्र मा.वि. हेकुली उत्कृष्टहुदै सम्मानित भएको छ भने गाउँपालिकाका सामुदायिक बिद्यालय भित्रको उत्कृष्ट शिक्षकको रुपमा विरेन्द्र मा.वी. हेकुलीका विज्ञान बिषयका शिक्षक सिताराम भण्डारी उत्कृष्ट भएकाथिए । उनलाई शिक्षा दिवसको अवसरमा भब्य रुपमा सम्मान पनि गरिएको थियो ।


६ बिधार्थी सहित ९ शिक्षक सम्मानित
भानु मा.वि. परसडुवाकी गिता वली २०७५ सालको ए.सी.सी परिक्षामा २ दशमलव ९ जि.पी. ल्याएर उत्कृष्ट भएकि थिईन् । शिक्षा दिवशका अवसरमा उनि सम्मानि भईन् । पढाईमा अझ हौसला थपिएको उनले खुसी ब्यक्त गरिन् । श्री सिद्ध पृथ्वी जनता मा.वि.का जय प्रकाश चौधरी २.६५ जि.पी .चन्द्र प्रकाश चौधरीले २.६५ जि.पी., हुर्मत खत्री २.६५, विरेन्द्र मा.वि हेकुलीका रामचन्द्र चौधरी २. ६५ जि.पी.ल्याएर उतीर्ण गरे भने मा.वि. मधपुरका आकाश खत्री २.६५ जि.पी. ल्याए । यस्तै संस्थागत विद्यालय तर्फ शुरेस चौधरी ,बर्षा घर्तीले ३ दशमलव ५ जि.पी. ल्याएर उर्तीण हुन सफल भएका थिए । यी सबै विधार्थीहरुलाई दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले शिक्षा दिवशका अवसरमा नगद सहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरेको थियो ।
यसैगरि अवकाश पाएका ९ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । जनता आधारभुत वुटनियाका उर्मिला देवकोटा, रात्री आधारभुत बिद्यालय बैबाङका पुष्पवती चौधरी, गुणनिधी खड्का, सरस्वती प्रा.वि मिरौलीका विजय कुमार भट्राई, आधारभुत विद्यमलय बाकि वेटारपुरका देव बहादुर के.सी., विरेन्द्र मा.वि. हेकुलीका तिलक हमाल, भिमकान्त भट्राई, खिम बहादुर वली, भिष्म आचार्यलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।


बिद्यालयमा राजनीती नगर्न अध्यक्ष चौधरीको आग्रह
४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवशका अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक बिद्यालयमा नया प्रविधिबाट शिक्षण सिकाई हुनुपर्ने बताएका छन् । उहाँले बिद्यालय पाठशालाको मन्दिर भएकाले राजनीतीबाट टाढा हुनुपर्ने बताए । उनले भने –“राजनिती मैदानमा गर्ने हो, बिद्यालयभित्र होईन । शिक्षकहरु बालबालिकाको भविष्य माथि खेलवाड गर्न पाईदैन ।” सो अवसरमा उनले गाउँपालिका भित्रका सामुदायीक बिद्यालयको शैक्षीक अवस्था लाई सुधारगर्दै लैजाने कुरामा आफु कहिले पनि बाधनक नबने बताएकाथिए । “भविस्य निर्माण गर्ने शिक्षा हो, त्यसैले यसलाई सुधार होईन अव राम्रो बनाउँन सबै जिम्मेवार हुनुपर्छ, अध्यक्ष चौधरीले भने ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित