साहित्यक सम्मेलनको तयारी तीव्र, सम्मेलनमा कुनकुन विषयमा छलफल हुदैछ (विषयसूची सहित)

घोराही, ८ चैत । थारु लेखक संघले चैत २१ गतेदेखि सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीव्र बनाएको छ । सम्मेलनको प्रचारप्रसार देखि आर्थिक संकलनलाई तीव्र बनाईएको थारु राष्ट्रिय साहित्य सम्मेलन व्यवस्थापन समितिको संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब ५० प्रतिशत पुरा भएको छ ।

यसैविच सम्मेलनमा हुने विषयबस्तुको प्रारम्भिक विषयसूची तयार पारिएको छ । सम्मेलनको उद्घाटनको दिन थारु पहिचानको सवालहरु विषयमा थारु आयोग अध्यक्ष विष्णुप्रसाद थारु र थारु कल्याणकारिण सभा दाङका अध्यक्ष भुवन चौधरीसंग छलफल हुने थारु राष्ट्रिय साहित्य सम्मेलन समितिका ससदस्य सोम डेमनडौराले जानकारी दिए । त्यसैगरि समामयिक थारु साहित्यको लेखन र निर्देशनको विषयमा थारु लेखकसंघका अध्यक्ष डा. कृष्णराज सर्वहारीसंग, थारु लोककला र सौन्दर्यबोधको विषयम सुशील चौधरी, अशोक थारु र दिलबहादुर चौधरीसंग छलफल गरिने छ । यसैगरि बाल साहित्य कसरी लेख्ने ? विषयमा प्रमोद प्रधान, देवी नेपालसंग र सुर्खेतमा थारु पहिचानको गतिविधि विषयमा मानवहादुर पन्ना, थाकस सुर्खेतको सभापति बेचुला थारु र पत्रकार विन्तिराम महतोसंग छलफल गरिने छ । यसैगरि लकडाउनमा थारु साहित्यक विषयमा सोम डेमनडौरा र शेखर दहितसंग छलफल गर्ने र र कविता बाचन गर्ने तय भएको उनले बताए ।

त्यसैगरि सम्मेलनको दोस्रो दिन गैरथारु साहित्यकारको नजरमा थारु साहित्य नयनराज पाण्डेय, सागर गैरैसंग, निमाङ थारु लेखनशैली विषयमा कुछतनारायण चौधरी, भोलाराम चौधरीसंग, थारु गीतको बाटो कता ? विषयमा साँस्कृतिक अभियान्ता सुशील चौधरी, गायक समिक्षा चौधरी, मनमति बखरिया र राज कुश्मीसंग छलफल गर्ने र घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम रहेको डेमनडौराले जानकारी बताए । त्यसैगरि साहित्यक सम्मेलनमा विभिन्न थारु पुस्तकको विमोचन गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित