स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान

घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले सम्मान गरेकाथिए ।


यसरी सम्मानित हुनेमा विष्णु चौधरी (दाङ), अनिता चौधरी (कैलाली), रिमा चौधरी (कैलाली), हिरा चौधरी (कैलाली), समिता चौधरी (कैलाली), जोशिना चौधरी (बर्दिया), लक्ष्मी चौधरी (दाङ), सम्झना चौधरी (दाङ), सुशिला चौधरी (दाङ), सरस्वति चौधरी (दाङ), सुलोचना चौधरी (दाङ) रहेकाछन् । कम्लरीबाट मुक्त भएपछि १८ जना मुक्त कम्लरीहरु स्नातक तहको उत्तिर्ण गरेकाछन्, दाङ निवासी बिष्णु चौधरी भने स्नाकोत्तर गरिसकेकिछिन् ।
१८ जना मध्ये कार्यक्रममा उपस्थित भएकाहरुलाई सम्मान गरिएको नायफ नेपालका कार्यक्रम अधिकृत विनोद कडाराले जानकारी दिए । कार्यक्रममा उपस्थित हुन नसकेका अन्य बहिनीहरुलाई अर्काे कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित