स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान

घोराही, ६ कात्तिक । विष्णु चौधरी सहित स्नातक तहमा उर्तिण गर्ने ११ मुक्त कम्लरीहरुलाई सम्मान गरिएको छ । बुधबार घोराहीमा भएको मंचको ९ औं साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनमा उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद मेटमणि चौधरी र मुक्त कमलरी विकास मंचको केन्द्रीय अध्यक्ष सुनिता चौधरीले माला र दोसल्लाले सम्मान गरेकाथिए ।


यसरी सम्मानित हुनेमा विष्णु चौधरी (दाङ), अनिता चौधरी (कैलाली), रिमा चौधरी (कैलाली), हिरा चौधरी (कैलाली), समिता चौधरी (कैलाली), जोशिना चौधरी (बर्दिया), लक्ष्मी चौधरी (दाङ), सम्झना चौधरी (दाङ), सुशिला चौधरी (दाङ), सरस्वति चौधरी (दाङ), सुलोचना चौधरी (दाङ) रहेकाछन् । कम्लरीबाट मुक्त भएपछि १८ जना मुक्त कम्लरीहरु स्नातक तहको उत्तिर्ण गरेकाछन्, दाङ निवासी बिष्णु चौधरी भने स्नाकोत्तर गरिसकेकिछिन् ।
१८ जना मध्ये कार्यक्रममा उपस्थित भएकाहरुलाई सम्मान गरिएको नायफ नेपालका कार्यक्रम अधिकृत विनोद कडाराले जानकारी दिए । कार्यक्रममा उपस्थित हुन नसकेका अन्य बहिनीहरुलाई अर्काे कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित