फोनिज ५ नं. प्रदेशको अध्यक्षमा यमबहादुर गाहा


घोरारी, १७ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको अध्यक्षमा यमबहादुर गाहा ‘मिलन’ चयन भएकाछन् । सोमबार पाल्पाको तिनाउमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनबाट गाहा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरि प्रथम उपाध्यक्षमा सवि थारु, दितृय उपाध्यक्ष प्रभा गाहा, महासचिवमा गजेन्द्र गुरुङ, संगठन सचिवमा नगेन्द्र चौधरी, रविन्द्र पुनमगर, कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन भएकाछन् । त्यसैगरि सदस्यहरुमा निता चौधरी, यमुना चौधरी, विष्णुकुमार आले, राम अवतार चौधरी, प्रज्वल श्रेष्ठ, रबिन्द्रमान शेरचन र मिना कुला रहेकाछन् ।


फोनिज नेपालले फोनिज नेपालले यस अघि प्रदेश १, २, ३, गण्डकी र सुदूरपश्चिमको अधिवेशन सम्पन्न गरिसकेको छ भने अब प्रदेश ६ को अधिवेशन गर्ने तयारीमा रहेको फोनिज नेपालका केन्द्रीय अध्यक्ष दण्ड बहादुर गुरुङ ले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित