सामुदायीक विद्मालयको अवस्था सुध्रिदै : अध्यक्ष चौधरी

दंगीशरण, ५ कार्तिक । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा रहेका सामुदायीक विद्मालयको अवस्था सुध्रिदै गएको बताएका छन् । विद्मालयको भौतिक निर्माण देखि लिएर विषयगत शिक्षकहरुको ब्यवस्थापन गरिएको बताए । अवका दिनमा जहाँ विद्मार्थी त्यहाँ शिक्षक भन्ने अभियानलाई आत्मसाथ गरेर अगाडि बढ्ने अध्यक्ष चौधरीले बताए ।


यस वर्ष दंगीशरणमा रहेका सामुदायीक विद्मालयको शिक्षालाई प्रभावकारी बनाउँन ६ करोड लगानी गरिने बताए । “सहयोग मात्र होईन, सहकार्य गरेर जाउँ, सािमुदायीक विद्मालयमा हिजोका जस्तै विद्मार्थीको सख्ंया उल्लेख्य मात्रामा हुनुपर्छ । भौतीक पूर्वाधार निर्माणका साथै शिक्षक अनुदान दिने कार्य गाउँपालिकाले गर्नेछ ।” अध्यक्ष चौधरीले भने, यो वर्ष सामुदायीक विद्मालय संरक्षण गर्नका लागि ८२ लाख वजेट छुट्याउँने उनले बताए । दंगीशरण ५ सलौरामा रहेको लक्ष्मी नारायण आधारभुत विद्मालयको विद्मालय ब्यवस्थापन समिती गठन कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । उनले विद्मार्थीहरुलाई खाजा कार्यक्रम अन्र्तगत ४० लाख छुट्याईएको भन्दै अभिभावकहरु स्वय आफना छोराछोरी माथी जिम्मेवार हुनुपर्ने बताए ।
विद्मालय सुधार्नका लागि यो सरकारको लगानी हो, सरकारले लगानी गरेको विद्मालयमा छोराछोरीलाई भर्ना गर्नुस्, उनीहरुको दिर्घकालीन भविष्य निर्माणका लागि सामुदायीक विद्मालयको पढाई आवश्यक छ, अध्यक्ष चौधरीले भने ।

कार्यक्रममा वडा न. ५ क अध्यक्ष दिपक गौतमले विद्मालय सुधारका लागि शिक्षक, अभिभावकको साथ र सहयोगको आवश्यक्ता रहेको बताए । उनले वडामा रहेको यस विद्मालयलाई वडाको तर्फबाट सहयोग गर्न आफु सधै तत्पर रहेको भन्दै विद्मालयको स्तरलाई माथी उकास्न कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी शिक्षा शाखा प्रमुख विनोद अधिकारीले दंगीशरणको सामुदायीक बिद्मालयको स्तर उठ्दै गएको बताए । सामुदायीक बिद्मालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँनुपर्ने आवश्यक रहेको बताए ।
बिद्मालय ब्यवस्थापन समिती गठन

कार्यक्रममा होम प्रशाद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय विद्मालय ब्यवस्थापन गठन गरिएको छ । जसको सदस्य सचिवमा गोविन्द प्रशाद आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा खुमलाल भण्डारी, टिका पुन, सविता चौधरी, दिपक गौतम, भिम बहादुर डि.सी., लुम टन्डन रहेका छन् । त्यस्तै सेवकराम आचार्यको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्मालयका निवर्तमान अध्यक्ष राधा आचार्यको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । गगनदास चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण शिक्षक शिव प्रसाद उपाध्यायले गरेका थिए ।
विद्मालयको भौतिक अवस्था

२०४६ सालमा स्थापना भएको लक्ष्मी नारायण आधारभुत विद्मालय हिजोका दिन भन्दा आज भौतिक पूर्वाधारले अगाडि बढेको छ । स्थानीय सरकार आएपछि अहिले बिद्मालयको भौतिक पूर्वाधारलाई गुणस्तरीय बनाउँन अगाडि बढेको छ । अहिले बिद्मालयमा सीसी क्यामरा जडान गरिएको छ भने गाउँपालिकाको ७ लाखको लागतमा २ कोठे भवन निर्माण भएको छ । यस्तै प्रदेश सरकारको ३ लाखमा भवन मर्मत गरिएको छ भने १ लाखमा स्वच्छ खाने पानिका लागि कुवाँ निर्माण गरी ट्याङ्की मार्फत पानीको ब्यवस्थापन गरिएको छ । यसैगरि वडाको १ लाख बाट ३ वटा कम्यूटर तथा प्रिन्टर खरीद गरिएको छ । यस्तै सामुदायीक विद्मालयका विद्मार्थीहरुको समस्यालाई मध्यनजर गर्दै वडाले विद्मार्थीहरुका लागि २ लाख यातायात खर्च छुट्याएको छ । स्वच्छ वातावरणमा अध्ययन गराउँने उद्धेश्यले विद्मालयमा ५ वटा भवन निर्माण गरिएका छन् । अहिले विद्मालयको भौतिक संरचना गुणस्तरीय देखिएको छ । विद्मालयमा बिद्मार्थीको शैक्षिक गुणस्तरलाई राम्रो बनाउँनका लागि १२ जना शिक्षक शिक्षीकाहरु रहेका छन् । गत बर्ष १ सय जना मात्र विद्मालय रहेको विद्मालयमा अहिले २ सय भन्दा बढि बिद्मार्थीहरु अध्ययनरत रहेका छन् । दंगीशरण गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष जोड दिदै हाल गुणस्तरयूक्त सामुदायीक विद्यालयको अभियानलाई अगाडि बढाईरहेको छ ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित