आजको महोत्सवमा चर्चित गायक टंक बुढाथोकीको विशेष प्रस्तुति


घोराही, २७ पुस । शुक्रवार देखि दाङको घोराहीमा शुरु भएको माघ साँस्कृतिक महोत्सव २०७६ को तेस्रो दिन आज चर्चित गायक टंक बुढाथोकीको विशेष प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिएकाछन् ।

उनका अनुसार चर्चित गायक वुढाथोकी संगै मन विनाको धन ठुलो कि मन गीतबाट सर्वाधिक चर्चामा आएका बालकलाकर अशोक दर्जीको पनि विशेष प्रस्तुति रहने छ । त्यसैगरि चर्चित गायक बम चक्र, थारु गायक रोशन रत्गैया, शाालिकराम चौधरीको पनि वेजोड प्रस्तुति रहने छ । यसैगरि स्थानीय कलाकार र थारु मघौटा, छाक्रा नाचको बेजोड प्रस्तुति रहने उनले जानकारी दिए ।

‘सामाजिक जागरण व साँस्कृतिक रुपमान्तरण हमार अभियान, न्याय सहितक समृद्धिक लाग पर्यटन विकासम हमार योगदान’ कना मुल नारा सहित आयोजना गरिएको महोत्सवमा थारु परिकारहरुको पनि व्यवस्था रहेको छ । थारु परिकार घोङघी, माछा, गंगटा, ढिक्री, अन्डिको झोल समेत विक्रिवितरणको लागि राखिएको आयोजकले जनाएको छ ।

त्यसैगरि थारु हस्तकला, मिनि थारु संग्राहलयकको प्रर्दननी पनि राखिएको संयोजक दतिले जानकारी दिए । उनका अनुसार पत्रकार एंव सांसद रेशम चौधरीद्धरा लेखिएका चिरफार, कमैया बधुवाँ लगायत थारु कला, संस्कृति, इतिहासको विषयमा समेटिएका विभिन्न पुस्तकहरुको विक्रीवितरणका लागि समेत राखिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित