स्थानिय तहको निर्वाचनमा ३५३ जना निर्विरोधः एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)


गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्विरोध निर्वाचित जनप्रतिनीधिहरुलाई दलगत आधारमा हेर्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी त्यसैगरी नेकपा माओवादी केन्द्र तेस्रो र समाजबादी चौथो स्थानमा रहेको छ । । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् ।

निर्विरोध  निर्वाचित जनप्रतिनीधिहरुलाई प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

प्रमुख दल कसका कति निर्विरोध भए सूचि हेर्नुस् ।
नेकपा एमाले
गाउँपालिका अध्यक्ष –१
गाउँपालिका उपाध्यक्ष –२
वडाध्यक्ष –१४
खुल्ला सदस्य –२६
महिला सदस्य –२३
दलित महिला सदस्य –५७
जम्मा –१२३

नेपाली कांग्रेस
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –१४
खुला सदस्य –३१
महिला सदस्य –१५
दलित महिला सदस्य –४०
जम्मा –१०१

नेकपा माओवादी केन्द्र
वडाध्यक्ष –३
खुल्ला सदस्य –५
महिला सदस्य –७
दलित महिला सदस्य –३९
जम्मा –५४

नेकपा एकीकृत समाजवादी

गाउँपालिका अध्यक्ष –२
गाउँपालिका उपाध्यक्ष –१
वडाध्यक्ष –६
खुल्ला सदस्य –१२
महिला सदस्य –७
दलित महिला सदस्य –६
जम्मा – ३४

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित