जबरजस्ति एमसीसी टेवल गरिए सरकारबाट बाहिरिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । जबरजस्ति एमसीसी टेवल गरिए सरकारबाट बाहिरिने समेत निर्णय गरिएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित