पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित