लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङमा बस्ने तयारी


तुलसीपुर,१५ कात्तिक । लुम्बिनी प्रदेश स्थायी राजधानी दाङमा तोकिएसंगै हिउँदे अधिवेशन दाङम बस्ने तयारी भइरहेको छ ।

हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले दाङदेउखुरीमानिरीक्षण गरेका छन् ।

स्थायी राजधानी दाङका देउखुरीमा तोकिएसंगै हिउँदे अधिवेशनको सोहि ठाउँमा राख्न तयारी गरिएको स्रोतले जनाएको छ । त्यसैको लागि शुक्रबार लालमटियास्थित विभिन्न क्षेत्रमा निरिक्षण गरिएको हो । उक्त टोलीले राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न सकिने निष्कर्ष निकालेकोथियो ।

सभामुख पूर्ण घर्तीले देउखरीमा हिउदे अधिवेशन बसानउके कुनै समस्या नरहेको बताउदै सरकारले निर्णय गरेमा देउखुरीमा हिउँदे अधिवेशन गर्न सकिने जानकारी दिए । ‘अब स्थायी राजधानी बनाउने निर्णय भए संगै यसको कार्यान्वयनका लागि पनि हामी सवैले लाग्न जरुरी छ, उनले भने,-‘सवैको सहयोग साथ भएमा आगामी हिउँदे अधिवेशन देउखुरीमा हुनेमा आफु ढुक्क छु ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित