नेकपाकी सचेतक चौधरीद्धारा संविधान दिवसको शुभकामना

काठमाण्डौ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन । उनले सामाजिक संजाल मार्फत संविधान दिवसको अवसरमा यस्तो शुभकामना दिइएकीहुन ।

‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे र संसारका सामु उदाहरण प्रस्तुत गर्न हामी सफल भएका छौं, सचेतक चौधरीले भनेकिछिन्,-नेपाल विविधताको देश हो । हिजो संविधान सभामा र आज प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा देख्न सकिन्छ, रंगीचंगी फुलबारीको वास्तविक चित्र । यो धेरै ठुलो र महत्त्वपुर्ण उपलब्धि हो ।’

यसैगरि उनले भनेकिछिन्, -यही संविधानमा सदियौंदेखि उत्पिडनमा पर्दै आएका, बञ्चितीकरणमा परेका जनताको अधिकार उल्लेख गरिएको छ । यही संविधानमा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउँदै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा उल्लेख गरिएको छ । संविधानको पुर्ण रुपमा कार्यान्वयन गरौं , समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गरौं ।’

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित