नेकपाकी सचेतक चौधरीद्धारा संविधान दिवसको शुभकामना

काठमाण्डौ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गरेकिछिन । उनले सामाजिक संजाल मार्फत संविधान दिवसको अवसरमा यस्तो शुभकामना दिइएकीहुन ।

‘नेपाली जनताका प्रतिनिधिले नयाँ संविधान लेखे र संसारका सामु उदाहरण प्रस्तुत गर्न हामी सफल भएका छौं, सचेतक चौधरीले भनेकिछिन्,-नेपाल विविधताको देश हो । हिजो संविधान सभामा र आज प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा देख्न सकिन्छ, रंगीचंगी फुलबारीको वास्तविक चित्र । यो धेरै ठुलो र महत्त्वपुर्ण उपलब्धि हो ।’

यसैगरि उनले भनेकिछिन्, -यही संविधानमा सदियौंदेखि उत्पिडनमा पर्दै आएका, बञ्चितीकरणमा परेका जनताको अधिकार उल्लेख गरिएको छ । यही संविधानमा देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउँदै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा उल्लेख गरिएको छ । संविधानको पुर्ण रुपमा कार्यान्वयन गरौं , समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गरौं ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित