ख्याल ई–लिटि कार्यक्रम रेडियो गुर्वावा एफ.एमबाट प्रशारण शुरु

घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ ।


गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो । ख्याल बगालको आधिकारिक् फेसवुकबाट प्रत्यक्ष प्रशारण हुदै आएको ख्याल ई–लिटि कार्यक्रम रेडियो गुर्वावा एफ.एम ८९.७ मेगाहर्जबाट हिज विहबारदेखि हरेक दिन विहानको ८ बजे प्रशारण सुरु गरिएको ‘ख्याल ई–लिटि २०२०’ कार्यक्रमको संयोजक प्रणव आकाशले जानकारी दिए ।

उनका अनुसार इन्टरनेट सुविधा नभएका स्रोताहरुका लागि अब हरेक दिन रेडियो गुर्वावा एफ.एमबाट विहान ८ बजे एक घण्टा कार्यक्रम संचालन हुने छ । ग्रामिण बस्तिसम्म पुग्नका लागि रेडियो मार्फत कार्यक्रम अझ प्रभावकारी हुने भएकोले गुर्वावा एफ.एम मार्फत संचालन गरिरहेको उनले बताए ।


रेडियोबाट प्रशारण हुने कार्यक्रमको प्रस्तोता रेडियो गुर्वावा एफ. एमका स्टेशन म्यानेजर पुुष्पा चौधरी, फेसवुक अनलाइन मार्फत प्रणव आकाश, इन्द्र चौधरी, सवि थारु लगायतको प्रस्तोतामा रहने ‘ख्याल ई–लिटि २०२०’ कार्यक्रम थारु, नेपाली दुवै भाषामा संचानल हुने ख्याल बगालका अध्यक्ष सवि थारुल जानकारी दिए । हरेकदिन ख्याल बगाल पेज लाइभमा भएको कार्यक्रमलाई रेडियो गुर्वावा एफ.एमबाट प्रशारण गरिरहेको ख्याल बगालका संयोजक प्रणव आकाशले जानकारी दिए ।


यदी तपाई पनि ‘ख्याल ई–लिटि २०२०’ कार्यक्रम सुन्न र हेर्न चाहनुहुनछ भने ख्याल बगालको आधिकारिक पेज www.facebook.com/khyalabagalwww.radiogurbaba.org.np मा लग इन गरेर पनि एकैसाथ संसारभरी हेर्न र सुन्न सक्नुहुने छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित