राष्ट्रिय युवा सम्मेलन भर्चुअल मार्फत सुरु, ७७ वटै जिल्लाबाट ४०० भन्दा बढी युवाहरुकाे सहभागिता

घोराही, २५ साउन । नेपाल युवा परिषदको अगुवाईमा अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ‘उद्दमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नारासहित राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल मार्फत सुरु भएको छ । कोभिड १९ को कारणले याे बर्षमा भर्चुअल मार्फत सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा नेपालको ७७ वटै जिल्लाबाट ४०० भन्दा बढि युवाहरुकाे सहभागिता रहेको परिषदले जनाएको छ ।

चारदिनसम्म चल्लने सम्मेलनमा बिभिन्न समुदायका युवाहरु प्रतिनिधित्व भई समावेशीताको हिसावले उत्कृष्ट उदाहरण बनेको परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले जानकारी दिए । ५० प्रतिशत महिलाहरुको सहभागितामा भइरहेको सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण दिएको उनले जानकारी दिए । । त्यसैगरि माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युयाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे सहजिकरण गरेकाथिए ।

सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य कल्पना नेपालीले गरेकिथिइन । कार्यक्रममा नेपाल युवा परिषदका सल्लाहकार राजेन्द्र गिरी, राजन कोईराला, युएनडिपीका निकिला श्रष्ेठ लगायतले सम्मेलनको सफल्ताको शुभकामना ब्यक्त प्रकट गरेका थिए ।
चारदिनसम्म चल्ने सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिने छन् । आइतबारदेखि सुरु भएको सम्मेलन वुधबार अर्थात युवा दिवस १२ अगस्टसम्म चल्ने छ । सम्मलेन अवधिसम्म लाईभ नेपाल युवा परिषदको अफिसियल फेसबुक पेज र द वल्र्ड नेपाल न्युज डटकमको फेसबुकबाट पनि प्रत्यक्ष लाईभ हुने आयोजक सस्थाले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित