एमाले घोराही उपमहानगरको अध्यक्षमा तारा पुरी निर्वाचित

नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी निर्वाचित भएकीछन् । शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित भएकी हुन् ।

नव निर्वाचित घोराही नगरकमिटिको अध्यक्ष तारा पुरी

यस्तै कमिटीको उपाध्यक्षमा बुद्दिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा ओलि र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिए ।

यस्तै सदस्यहरुको भने अझै पूर्ण विवरण आउन समय लाग्ने एमालेले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित