दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि, दाङमा संक्रमितको संख्या १८ पुग्यो

घोराही, १४ जेठ । दाङमा बुधबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा घोराहीमा ७ र लमहीमा ८ गरि १५ जनामा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार दाङ घोराहीको वडा नम्बर १० का वर्ष २४, ४०, ४० का ३ जना पुरुष रहेका छन् । त्यसैगरि वडा नम्बर १८ का वर्ष २४, २५, ४०, ४२ का ४ जना पुरुष हुन् ।

यसैगरि लमही नगरपालि नगरपालिकाका ८ जना मध्य एकजना महिला रहेका छन् । वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना, वडा नम्बर ४ का वर्ष २६ का १ जना र वडा नम्बर ५ का २० ,२० र २३ वर्षका पुरूष रहेकाछन् । त्यसैगिर वडा नं. ५ का २० वर्षकी एक महिला र वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित