प्रवासी नेपालीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउने

प्रवासी नेपाली मंच महिला विभाग कमिटीले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउने भएको छ । “नेपाली महिलाहरूको आह्वान कानुनमा मात्र हैन व्यवहारमै अधिकार समान” भन्ने नाराका साथ बृहत अन्तरक्रिया तथा शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका महिला बिभाग प्रमुख कुन्ति थापाले बताइन् ।

महिला महिला विभाग द्वारा आयोजना हुन लागिएको जुम भर्चुअल मार्फत ६ मार्च अर्थात फागुन २२ गतेका दिन नेपाली समयको ६ बजेदेखि कार्यक्रम सुरुवाट हुने उनले जानकारी दिएकिछिन् ।उनका अनुसार महिलाहरुका प्राप्त अधिकार, कार्यान्वयन, महिला श्रमिकको अवस्था लगायत बिबिध विषयमा छलफल गरिने छ ।

कार्यक्रममा पुर्व मन्त्री थम माया थापा, राधा ज्ञावाली, महिला नेतृ शान्ता चौधरी, विन्दा पाण्डेय, एमालेका युवा नेता राज भट्टराइ लगायतको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ । यसैविच जुम भर्चुअल मार्फत हुने कार्यक्रममा ID 82659479271 Passcode 830790  मा प्रवासी नेपाली मंच प्रवासका हरेक कमिटी तथा शुभचिन्तकहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित