जापानमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव (फोटो फिचर सहित)

जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका  छन् ।

थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो ।  ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल नारा लिएर थारू सम्वत २६४० अर्थात सन २०१७ मा स्थापना भएको थारू कल्याणकारिणी सभा जापान शाखाले ७ वर्ष पश्चात यो वर्ष महोत्सव आयोजना गरेको हो ।

थारु समुदायको भाषा, साहित्य तथा मौलिक कला, संस्कृति, भेषभुषाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले महोत्वस आयोजना गरेको थारू कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष एवं संरक्षक कन्हैलाल चौधरीले बताए । त्यहाँको समय विहान ९ बजेदेखि शुरु भएको एक दिने महोत्सवम रातीको ९ बजे सम्पन्न भएकोथियो ।

महोत्सवमा पश्चिम तराईका मघौटा गीत र छोक्रा गीतले हल तताएको थियो यस्तै । तराईको नरिवलके गछिया, झम्टा र लट्ठी नाचले कार्यक्रमका प्रमुख आकर्षको रुपमा रहेकोथियो । डंगौरा मघौटा नाच, मोरंगिया थारू नाच र चितवनको सामुहिक थारू नाच विशेष रुपमा हेर्न लायक थिए भने दाङ गौर्ह्यागाउँको गिरीराज चौधरीको थारू पोशाकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सबैको ध्यान आकर्षण गर्न सफल भएको थियो ।

त्यस्तै महोत्सवमा थारू समुदायको परम्परागत खाना तयार गरिएको थियो । त्यस्तै ढिक्री, गैंजी (शख्खर खण्ड), लाहीं लड्डु, तिलको लड्डु, भुजा लड्डु, भात र मासु र आंपको जुस प्रयोग गरिएको थियो । महोत्सवमा आगन्तुक सबै सहभागिहरू लाई निशुल्क रुपमा खाजा र खानाको ब्यवस्था गरिएको थियो ।

महोत्सवमा नेपालका विभिन्न जिल्लाबाट जापन गएका करिव १४० जना भन्दा बढीको सहभागिता थियो । जसमध्ये आधा भन्दा धेरै सहभागिहरू आफ्नै परम्परागत पोशाक र गरगहनाहरूमा सजिएर उपस्थित भएकाथिए । सस्थाको अनुसार जापानको ओकिनावा, फुकुओका, नागोया, ओशाका, टोकियो, यामागुची, कुमामोतो, मियागी, सिजुओका, तोचिगी, साइतमा, इवाराकी देखि लिएर होक्काईडोसम्म बस्ने थारुहरुको उपस्थिति रहेकोथियो ।

‘थारु समुदायको रंगी बिरंगी परम्परागत पोशाक र सुन्दर गरगहणाहरूमा सजिएका थारू महिलाहरूलाई देखेर जापानिज नागरिकहरू भेट भयो की आफ्नै भाषामा कति सुन्दर है भन्दै प्रशंसा गरेको देखिन्थ्यो, सस्थाका संरक्षक कन्हैलालले भने, पुरुष सहभागिहरूको धोती र पगरी देखेर अनौठो मानेर हेरीरहेको पनि प्रष्ट अनुमान लगाउन सकिन्थ्यो ।’ ‘चलो जाई चलो जाई देश बनाए जाई, तराईक फांटम धान फराए जाई’ भन्ने बोलको थारू राष्ट्रिय गीतमा र्यालीसहित महोत्सवको सुरुवात गरिएको उनले बताए ।

महोत्सवमा नेपालको केन्द्रिय राजधानी काठमाण्डौमा “सहिद स्मारक तथा थारू सांस्कृतिक साझा भवन” निर्माणको लागि थाकस जापानको मुख्य लक्षय रहेको सस्थाको अध्यक्ष ओम प्रकाश दास थारूले जानकारी जानकारी गराएकाथिए । त्यस्ते उनले थारू सम्वत लाई राष्ट्रिय सम्वतको रुपमा स्थापित गर्ने, थारू पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा विकास गर्ने, थारू खानालाई राष्ट्रिय खानाको रुपमा प्रवर्द्धन गर्ने, गुर्वावा दिवस लाई राष्ट्रिय ज्ञान दिवसको रुपमा स्थापित गर्ने योजना रहेको सुनाएकाथिए ।

त्यस्तै थारू भाषामा लेखिएका पुस्तकहरूलाई विश्वविद्यालयका पाठ्यक्रमहरूमा समावेश गराउने, थारु बाहुल्य हरेक जिल्लामा थारु संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्नका लागि थारु संग्रहालयहरु स्थापना गर्ने लक्ष्य रहेका अध्यक्ष चौधरीले बताए । यस्तै थाकस जापानले हालसम्म नेपालका गरिब गुरुवाहरूको उपचारको लागि ९ लाख ४७ हजार भन्दा बढी रकम सहयोग गरेको अध्यक्ष चौधरीले जानकारी दिए  । त्यस्तै  जापानमा विरामी भई ४ पटक सम्म अप्रेसन गराएका बुटवल उपमहानगरपालीका वडा नं १७ निवासी हाल ओकिनावा अस्पतालमा उपचाररत रोहण चौधरीको उपचारको लागि पनि ३ लाख ३१ हजार यन रकम सहयोग गरेको सस्थाको संस्थाका कोषाध्यक्ष हरी चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा जापानका अध्यक्ष ओमप्रकाश दास थारुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक एवं सस्थापक अध्यक्ष कन्हैलाल चौधरी, थारु कल्याणकारिणी सभा नेपालका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, थारु कल्याणकारिणी सभा दाङकी उपाध्यक्ष शान्ता चौधरी, जापान शाखाका कोषाध्यक्ष हरि चौधरी, आजीवन सदस्य सविनन्द चौधरी लगायतले शुभकामना मन्तव्य दिएकोथिए । कार्यक्रमको सहजिकरण थाकस जापानका सस्थाका महासचिव यमदीप थारु, आजिवन सदस्यद्वय राज कुमार चौधरी र कुश चौधरीले गरेकाथिए । महोत्सवको उद्घाटन् निवर्तमान सांसद एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबाट गर्ने भनिए पनि  उनको व्यस्तताले महोत्सवमा उपस्थिती हुन नसके पनि महोत्सव भव्यताका साथ सम्पन्न भएको सस्थाले बताएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित