माननीय मेटमणी चौधरी किन पुगे आकस्मिक भौवा नाकामा (हेर्नुस् फोटो फिचर सहित)

घोराही, १९ मंसिर । प्रतिनीधि सभा सदस्य मेटमणी चौधरीले आफ्नो कार्य क्षेत्रको विभिन्न ठाउँको अनुगमन तथा स्थानीयहरुसंग भेटघालाई तिब्रता दिएकाछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भए यता त्यस क्षेत्रको विकासका लागि निरन्तर लागि परेकाछन् । दाङ क्षेत्र नं. १ को समग्र विकासका लागि उनि नियमित रुपमा स्थानियहरुको समस्या सुन्ने र त्यसको समस्या समाधानका लागि गाउँ गाउँमा पुग्ने गरेकाछन् ।


यहि अनुरुप चौधरी आफु सहित अर्काे माननीय गंगा चौधरी, नेकपा दाङका सचिवालय सदस्य सुरामणि वेल्वासे, देवराज विश्वकर्मा, जिल्ला सदस्य मिना गुरुङ, शिल्पा चौधरी, बसन्त शर्मा, शोभा घिमिरे, सिता चौधरी, चक्र खड्का लगायतलाई लिएर बुधबार र विहिबार आफ्नो कार्यक्षेेत्र अन्तर्गत राजपुर गाउँपालिका १ पटउली, ६ खङ्रा, ९ भौवा नाकामा पुगि स्थानियहरु संग भेटघाट तथा त्यहाँका समस्याको विषयमा जानकारी लिएको नेकपा दाङका सचिवालय सदस्य सुरामणि वेल्वासेले जानकारी दिए ।


उनका अनुसार यी नाकाहरुमा सडक, विजुली, पानी, बत्ति र संचारको समस्या रहेको र यी समस्याको समाधान गर्नका निमित्त प्रतिनीधि सभा सदस्य मेटमणि चौधरीले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए । त्यसैगरि उनले सिमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी राख्ने र सुरक्षाकर्मीहरुको भवन निर्माणको लागि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए । त्यसैगरि उनले कोइलाबस देखि भौव नाका हुँदै नेपालगंजसम्म राम्रो सडक बनाउनका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता गरेकोको नेकपाका नेता वेल्वासेल जानकारी दिए । यसैगरि चौधरीले उपनिर्वाचन पछि आफ्नो कार्यक्षेत्र अन्तर्गत विभिन्न विकट ठाउँमा अवलोकन तथा स्थानीयहरुसंग भेटघाट गरेकाछन् । (हेर्नुस तस्विर)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित