घुस सहित दाङमा प्रहरी नायव निरीक्षक पक्राउ

घोराही, २२ मंसिर । दाङ तुलसीपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक हेमन्त केसी घुस सहित पक्राउ परेका छन् । केसीलाई जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट ७ हजार नगद सहित पक्राउ गरिएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिए ।
सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै केसीले पीडित सङ्ग २५ हजार बाट मोलमोलाइ शुरु गरेको भएपनी १० हजार रकम घुस लिएका थिए । पक्राउ परेका प्रनानि केसीलाई अख्तियारको टोलीले नेपालगंजमा लगिएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित