महासंघले स्थापना दिवस मनाउने

घोराही, २८ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । शाखाको शनिबार बसेको बैठकले स्थापना दिवस ४ दिनसम्म भव्यरुपमा मनाउने निर्णय गरेको महासंघका सचिव भुपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जसअनुसार पुस १ गते बिहान ८ बजे घोराहीमा रक्तदान र शाखा परिसर सरसफाई, पुस २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकारहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, पौष ३ गते तुलसीपुरमा पत्रकारहरुका लागि निशुल्क आँखा शिविर र पौष ४ गते घोराहीमा पुरस्कार तथा सम्मान वितरण समारोह आयोजना गरिएको छ । यस्तै बैठकले स्थपनाको दिन वितरण गरिने पुरस्कार तथा सम्मानका लागि प्रतिभा छनौट समिति गठन गरेको छ । शाखा अध्यक्ष प्रियासन, सचिव भुपेन्द्र वली र उपाध्यक्ष लीला शाह रहेको ३ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित