गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा आचार्य

निर्मल आचार्य

घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । सात सदस्यीय रहेको बिद्यालय व्यवस्थापन समितिमा घोराही १७का वडा अध्यक्ष खुशीम चौधरी पनि सदस्य छन भने सदस्य सचिवमा प्रअ सेमलाल मल्ल रहेकाछन् ।

त्यस्तै गोरक्षा रत्ननाथ मठका मठाधीश सुरतनाथ योगीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसका सदस्यहरुमा अशोककुमार घिमिरे, मोहनलाल चौधरी, दामोदर सुवेदी, दीनानाथ आचार्य र केशब भुसाल लाई चयन गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको अध्यक्षतामा भएको भेलाको सञ्चालन सहप्रअ विजय अधिकारीले गरेकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित