गोरक्षरत्ननाथ मावि चौघेराको अध्यक्षमा आचार्य

निर्मल आचार्य

घोराही, १० पुस । गोरक्षरत्ननाथ माध्यमिक विद्यालय चौघेराको अध्यक्षमा समाजसेवि निर्मल आचार्य चयन भएकाछन् । बिहीवार भएको अभिभावक भेलाबाट सर्वसम्मतरुपमा आचार्य अध्यक्षमा चयन भएकाहुन्। भेलाबाट अभिभावकको तर्फबाट दुर्गाबहादुर डाँगी, भीमकुमार सुवेदी, शान्ता गुरुङ र सिता चौधरी चयन चयन भएकाछन्। सदस्यहरुको बैठकले निर्मल आचार्य र द्रोपदा न्यौपानेलाई मनोनित गरेको थियो ।बैठकले आचार्यलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । सात सदस्यीय रहेको बिद्यालय व्यवस्थापन समितिमा घोराही १७का वडा अध्यक्ष खुशीम चौधरी पनि सदस्य छन भने सदस्य सचिवमा प्रअ सेमलाल मल्ल रहेकाछन् ।

त्यस्तै गोरक्षा रत्ननाथ मठका मठाधीश सुरतनाथ योगीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसका सदस्यहरुमा अशोककुमार घिमिरे, मोहनलाल चौधरी, दामोदर सुवेदी, दीनानाथ आचार्य र केशब भुसाल लाई चयन गरिएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष उमानन्द खनालको अध्यक्षतामा भएको भेलाको सञ्चालन सहप्रअ विजय अधिकारीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित