प्रदेश ५ को नाम ‘लुम्बिनी’ र राजधानी दाङमा हुने सम्भावाना

घोराही, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि अन्ततः प्रदेश ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम र स्थानको लागि प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेश सभाको नाम टुंगो लगाएको हो। लामो समयसम्म विवादित रहेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानीको लागि रुपन्देहीको बुटवल- सैनामैना, कपिलवस्तुको बाणगङ्गा – बुद्धभूमि र दाङको भालुवाङ-लमही सहित तीन स्थान प्रदेशसभामा सिफारिस गर्ने तयारी गरेको छ।


संसदीय विशेष समिति संयाजक दिपेन्द्र पुनले दाङ सञ्चारसंग कुरागर्दै प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अप्नाएको बताए। उनले भने, -‘हामीले विवाद नआओस् भन्ने हिसाबले मध्यमार्गी बाटो अपनाएका हौं ।’ ‘हामीले तीन स्थानको बिपल्प सहित सिफारिस गर्ने तयारीमा छौ, उनले भने, ‘यी तीन स्थान रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही जहाँ भएपनि कुनै आपत्ति छैन ।’ तर समितिले सिफारिस गरेको स्थान र नामको टुंगो प्रदेश सभा बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान रहेेेको उनले बताए ।
नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभा बैठकले २०७५ साउनमा सांसद दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित