प्रदेश ५ को नाम ‘लुम्बिनी’ र राजधानी दाङमा हुने सम्भावाना

घोराही, ३० मंसिर । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि अन्ततः प्रदेश ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ। राजधानीको नाम र स्थानको लागि प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेश सभाको नाम टुंगो लगाएको हो। लामो समयसम्म विवादित रहेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानीको लागि रुपन्देहीको बुटवल- सैनामैना, कपिलवस्तुको बाणगङ्गा – बुद्धभूमि र दाङको भालुवाङ-लमही सहित तीन स्थान प्रदेशसभामा सिफारिस गर्ने तयारी गरेको छ।


संसदीय विशेष समिति संयाजक दिपेन्द्र पुनले दाङ सञ्चारसंग कुरागर्दै प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अप्नाएको बताए। उनले भने, -‘हामीले विवाद नआओस् भन्ने हिसाबले मध्यमार्गी बाटो अपनाएका हौं ।’ ‘हामीले तीन स्थानको बिपल्प सहित सिफारिस गर्ने तयारीमा छौ, उनले भने, ‘यी तीन स्थान रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही जहाँ भएपनि कुनै आपत्ति छैन ।’ तर समितिले सिफारिस गरेको स्थान र नामको टुंगो प्रदेश सभा बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान रहेेेको उनले बताए ।
नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभा बैठकले २०७५ साउनमा सांसद दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित